सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कास्की च्याम्पियन

कास्की च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०८०, शनिबार

पोखरा /गण्डकी प्रदेशस्तरिय टि–२० क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा नवलपुरलाई १८ रनले हराउँदै च्याम्पियन बनेको हो उपाधिसंगै कास्कीले नगद १ लाख रुपैयाँ प्राप्त ग¥यो ।

उपविजेता नवलपुरले नगद रु ५० हजार प्राप्त गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कास्कीले २० ओभरमा ८ विकेट गुमाउदै १४२ रन बनायो ।

कास्कीका लागि अभिषेक थापाले २५ बलमा २ चौका र २ छक्कासहित अविजित ३६ रनको पारी खेले । त्यस्तै सोहेल कुँवरले ३२ बलमा ३३ रन, किरण पौडेलले २१ र कृष्ण पौडेलले व्यक्तिगत १० रन बनाए ।

नवलपुरका लागि अपराजित पौडेलले ४ ओभरमा १९ रन खर्चिएर ३ विकेट लिए । कैलाश पगेनीले २ विकेट हात पार्दा शिसिर भुसाल र विशाल पौडेलले समान १–१ विकेट लिएका थिए ।

१४३ रनको विजयी लक्ष्य पछ्याएको नवलपुर १२४ रनमा अल आउट हुन पुग्यो । आपनर रोविन तिमिल्सिना डक आउटहुँदै पेभिलिएन फर्किए । सिव्रिनले नवलपुरका सन्देश बस्नेतलाई व्यक्तिगन १३ रनमा आउट गरे ।

यता अभिषेक थापाले समेत २ विकेट झारे । उनले प्रोमिस अर्याललाई १७ र रिजन काफ्लेलाई १९ रनमा नै पेविलिएनको बाटो देखाए । त्यस्तै नितेष गिरीले नवलपुरका लागि सर्वाधिक ३३ रन जोडेका गोविन्द विकालाई मुस्कान थापाबाट क्यााच आउट गराए । उनले नै विशाल पौडेल ३ रनमा किरण पौडेलबाट क्याच आउट गराउन पुगे ।

गत जेठ १४ गतेबाट सुरू भएको प्रतियोगितामा म्यान अफ दि सिरिजको उपाधि नवलपुरका अपराजित पौडले घोषित भएका छन् । उनले ट्रफीसहित नगद ४ हजार हात पारे । उनी नै बेष्ट बलर घोषित भए ।

वेष्ट व्याट्म्यान कास्कीका मुस्कान थापा बन्न सफल भए । उनीहरुले जनही नगद २–२ हजार हात पारे । फाइनल खेलको म्यान अफ दि म्याच भने कास्कीका अभिषेक थापा भएका छन् । उनले नगद १ हजार प्राप्त गरे ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई कार्यक्रमका संयोजक एवं प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम र कास्की क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोर्खा, पर्वत, स्याङजा, बागलुङ र म्याग्दीको गरी ८ टिमको सहभागिता रहको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->