सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी प्रदेशस्तरीय टेबुलटेनिस प्रतियोगिता हुने

गण्डकी प्रदेशस्तरीय टेबुलटेनिस प्रतियोगिता हुने


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८०, बिहिबार

पोखरा / प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशको आयोजना तथा कास्की जिल्ला टेबुलटेनिस संघ, पोखराको व्यवस्थापनमा गण्डकी प्रदेशस्तरीय टेबुलटेनिस प्रतियोगिता पोखरामा हुने भएको छ ।

पोखरा रंगशालाको टेबुलटेनिस कभर्ड हलमा जेठ ३० र ३१ गते हुन गइरहेको प्रदेशस्तरीय प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट १ पुरुष, १ महिला खेलाडी र व्यवस्थापक वा प्रशिक्षक मध्ये कुनै १ गरी जम्मा ३ जना सहभागी गराइ दिन अनुरोध गर्दै सबै जिल्ला खेलकुद विकास समिति पत्राचार गरी जानकारी गराइ सकिएको कास्की जिल्ला टेबुलटेनिस संघका सचिव कृष्ण रानाभाटले वताए ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको नाम २८ गतेसम्म दर्ता हुनु पर्ने, दर्ता इमेल वा मोवाइलबाट गर्न सकिने, खेलाडीहरुलाई एकतर्फी यातायातको सुविधाको साथै प्रतियोगिता अवधि भरको लागि खाने, वस्ने व्यवस्था गरिएको अध्यक्ष उत्तम जोशीले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->