बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

रुपामा मदिरारहित समाज निर्माण अभियान

रुपामा मदिरारहित समाज निर्माण अभियान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०८०, आइतबार

पोखरा / कास्की जिल्ला रुपा गाउँपालिकाको वडा नंबर ७, हंसपुरका वासिन्दाहरु यतिखेर मदिरारहित समाज निर्माण अभियानमा जुटेका छन् ।

मदिरा तथा लागुऔषध सेवनकर्ता बढेको कारण समाजमा दिनप्रतिदिन बढेको विकृति एवम् विसंगति अन्त्यको लागि मदिरा निषेधित अभियान सञ्चालन गरिएको हो ।

स्थानीय विभिन्न संघसंस्था, समाजसेवी, वुद्धिजिवी सहितको सहगितामा आज वडाका हंसपुर गाउँ क्षेत्रका प्रत्येक पसलमा पुगेर मदिरा व्यवस्थापन तथा लागुऔषध नियन्त्रणका विषयमा सचेतना मूलक कार्यक्रम गरिएको टोलसुधार समितिका अध्यक्ष डिलबहादुर नेपालीले जानकारी दिए ।

महिला मिलन विकास समितिका सदस्य एवम् स्थानीय स्वयंसेवीका ताराकुमारी सापकोटाले सभ्य र समृद्ध समाज निर्माणको अभियानमा सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गरिन् ।

सो क्षेत्रका प्रत्येक घरबाट एक जनताको सहभागिता रहेको सचेतना अभियानका क्रममा मदिरा तथा लागुऔषध निशेधित सुचना टाँस गरिएको बताउँदै उनले बताइन् । गाउँपालिकाका अध्यक्ष नवराज ओझाले हंसपुरले सुरु गरेको अभियानमा आप्mनोतर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ग्रामीण क्षेत्रका प्रत्येक पसलमा मदिरा विक्री वितरण हुने गरेको गुनासो आउन थालेपछि पालिकाकाले कार्यालय समय बाहेक र स्वीकृति लिएको पसलबाट मात्र मदिरा विक्री वितरण गर्ने अभियान सञ्चालन गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->