बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

शौचालय निर्माणमा भ्रष्टाचारको आरोपसहित प्रअमाथि मुद्दा

शौचालय निर्माणमा भ्रष्टाचारको आरोपसहित प्रअमाथि मुद्दा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०८०, सोमबार

पोखरा/ शौचालय निर्माणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आायोगले एक प्रधानाध्यापकमाथि मुद्दा दायर गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयमा शौचालय निर्माणमा भ्रष्टाचार भएको भन्दै आयोगले प्रधानाध्यापक नारायणप्रसाद पौडेलिवरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रधानाध्यापक पौडेलविरुद्ध शौचालय निर्माणको लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी ३ लाख १२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जिकिर गरेको छ । ‘रकम बैंकबाट झिकेको तर शौचालय निर्माणका लागि कुनै पहल नगरेको, जिल्ला शिक्षा कार्यालयबाट कार्य सम्पन्न हुन नसकेको भए उक्त रकम बेरुजु खातामा दाखिला गर्न पटकपटक निर्देशन दिइएकोमा प्रधानाध्यापक नारायणप्रसाद पौडेलले रकम दाखिलासमेत नगरी निजले शौचालय निर्माणको लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी जम्मा ३ लाख १२ लाख हिनामिना गरी सार्वजनिक सम्पतिको हानिनोक्सानी गरेको कार्य भएको बिगो रकम निजबाट असुल उपर हुनसमेत मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ अख्तियारको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->