सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बजेट आउने तर राखेपले फ्रिज गरिदिने पोखरा क्रिकेट रंगशाला

बजेट आउने तर राखेपले फ्रिज गरिदिने पोखरा क्रिकेट रंगशाला

राखेपको मैदान प्रदेशसँग बजेट र कर्मचारी माग ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०८०, सोमबार

पोखरा/ नेपाली क्रिकेटरहरुले पोखराको मैदानलाई विश्वकै उत्कृष्ट पाँच भित्र पर्ने मैदान भन्छन् । नेपाली खेलाडीमात्र होइन, त्यहाँ खेल्ने हरेक खेलाडीले त्यहि भन्ने गर्दछ । यसको सबैभन्दा बढी प्रशंसा गर्ने पुर्व सफल कप्तान पारस खड्का हुन् । उनले विश्वकै उत्कृष्टमध्येको एक मैदान पोखरालाई मान्छन् । यतिमात्र होइन, क्रिकेटको सर्वोच्च निकाय आइसीसीले समेत पोखराको क्रिकेट मैदानको फोटोलाई वर्ष उत्कृष्ट फोटोबाट सम्मानित समेत गरेको छ । माछापुच्छे«को काखमा रहेको क्रिकेट मैदान प्राकृतिक रुपमा मात्र नभई वास्तमै उत्कृष्ट मैदान हो । यो खेलाडीले स्वीकारेको तथ्य हो ।

तर, नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदबाट भने पोखराको क्रिकेट मैदान सधैं कोपभाजनमा परेको छ । हरेक वर्ष पोखरा क्रिकेट मैदानका लागि रकम विनियोजन हुन्छ तर पराखेपले उक्त रकम चलाउनै दिँदैन । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष तथा एम्पायर संजयकान्त सिग्देलले राखेपले बजेट विनियोजन गरे पनि हरेक वर्ष फ्रिज भएर जाने गरेको सुनाए । उनका अनुसार बजेट नआउने होइन, आउँछ तर कार्यान्वयन हुँदैन् । पोखरालाई नेपालको तेस्रो मैदानको रुपमा लिने गरिन्छ । तर सरकारले हालै मात्र सार्वजानिक गरेको बजेटमा चितवन, विराटनगरलगायत अन्य ठाउँका मैदान प्राथमिकतामा राख्दा पोखराको नामै आएन ।

‘पोखरालाई खेलकुदको हब बनाउन कस्सिएका छौं । प्रदेश र स्थानीय तहले खेल पर्यटन भन्दै हिँडेको पाउँछौं तर पनि यहाँ पूर्वाधार छैन,’ उनले भने, ‘किन हो पोखराको मैदान राखेपको प्राथमिकतामा कहिल्यै परेन ।’ आइसीसीले नै पुरस्कृत गरेको पोखराको मैदानको विडम्बना खेलाडी चेन्जिङ रुम र गतिलो शौचालय नै छैन् । अस्थायी शौचालयको प्रयोग गर्न बाध्य छन् ।

कास्की जिल्ला क्रिकेट संघले आइतबार पोखरा क्रिकेट मैदानसहित पोखराको क्रिकेट विकासका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ११ बुदे ज्ञापन पत्र समेत बुझाएका छन् । अध्यक्ष सिग्देलले पोखराको क्रिकेटलाई चलायमान बनाउनका लागि ज्ञापनपत्र बुझाएको बताए ।

‘गण्डकी प्रदेशको गौरवको योजनामा पशुपतिघाटमा बन्ने क्रिकेट रंगशाला थियो तर त्यहाँको जग्गा नदीले कटान गर्दा अहिले सम्भव छैन । नेपालले क्रिकेटमा राम्रो प्रगति गरिरहेको छ । अब हामी ओडीआई (एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज) मान्यता टोली हौं,’ उनले थपे, ‘अब पोखरामा क्रिकेट मैदान अन्तर्राष्ट्रिय स्तरको नबने चितवन र विराटनगरतर्फ खेलहरु जानेछन् । हामी पछि पर्छौं ।’ टियु, मुलपानी पछिको मैदान भनेकै पोखरा हो तर अहिलेसम्म पोखराको मैदानमा केही काम हुन सकिरहेको छैन् ।

उनका अनुसार प्रदेशले बनाउ चाहे वडा ३० र १४ मा जग्गा रहेको छ । वडाले जग्गा दिन तयार छन् । नेपालले २०२७ मा यु–१९ महिला विश्वकपको आयोजना गर्दैछ । पोखरामा मैदान नबन्ने हो भने विश्वकपका खेल पोखराले गुमाउने छ ।उनका अनुसार ज्ञापनपत्रमा क्रिकेट मैदानको स्तरोन्नति र कर्मचारीको व्यवस्थापनको माग गरिएको छ । यस्तै प्रदेश सरकारले घोषणा गरेको मैत्रीपूर्ण क्रिकेट आयोजना सुनिश्चितता, खेलाडीलाई रोजगार, खेलाडी शिक्षा, प्रदेशस्तरीय प्रतियोगिता गर्ने लगायत माग रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->