बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कालीगण्डकीमा डुवेर बेपत्ता भएका थप १ युवकको शव फेला, अरुणखोलास्थित एक दहमा पौडी खेल्ने क्रममा डुवेर एक शिक्षकको गयो ज्यान

कालीगण्डकीमा डुवेर बेपत्ता भएका थप १ युवकको शव फेला, अरुणखोलास्थित एक दहमा पौडी खेल्ने क्रममा डुवेर एक शिक्षकको गयो ज्यान


  • खगेन्द्र पराजुली
  • जेष्ठ २९ २०८०, सोमबार

नवलपु्र / कालीगण्डकीमा डुवेर वेपत्ता भएका गैंडाकोटका एक युवकको शव फेला परेको छ । शनिवारदेखि हराएका गैडाकोट– २ शिलान्यास चोकका २५ बर्षीय रमेश चालिसेको शव गैडाकोट–१ बृटिस क्यामस्थित नारायणी किनारमा ३ दिन पछि फेला परेको हो ।

ति युवकको शव घटनास्थलदेखि करिव ३ किलोमिटर तल भेटिएको हो । शनिवार पौडी खेल्न कालीगण्डकी नदीस्थित केलादी घाटमा ३ जना साथीहरू गएका थिए ।

तीमध्ये २ जना डुबेर बेपत्ता भएकामा चितवनको रत्ननगरका एक युवाको शव आइतबार घटनास्थल नजिकै भेटिएको थियो भने बाग्लुङका एक युवक सकुशल थिए ।

यसैगरी, मध्यविन्दु नगरपालिका वडा नं. १४ बतासास्थित मुखे ढुंगा पानी को रहमा डुवेर एक शिक्षकको ज्यान गएको छ ।

गर्मी छल्न सात जना साथीहरूसंग पौडी खेल्न गएका देवचुली–१५ प्रगतिनगरका ३० वर्षका कृष्ण सुबेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

सुवेदी मध्यविन्दु १० अरुणखोलाको जनता मा.वि. मा अध्यापन गर्ने शिक्षक हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->