बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

उद्धार हुन्छ छाड्ने ठाउँ हुँदैन : उद्वारकर्ता

उद्धार हुन्छ छाड्ने ठाउँ हुँदैन : उद्वारकर्ता


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८०, मंगलबार

पोखरा/ पोखराको विरौटा नजिकै दुर्लभ सर्प किंग कोब्रा अर्थात् राजगोमन फेला परेको छ । आइतबार बेलुका विरौटास्थित एक घरमा किंग कोब्रा भेटिएको हो । उक्त सर्पको उद्वार सुरक्षित तरिकाले सोमबार एक जंगलमा छाडिएको सर्प उद्वारकर्ता आर्सन क्षेत्रीले जानकारी दिए ।

आफूलाई घरमा सर्प रहेको जानकारी आएपछि गएर हेर्दा किंग कोब्रा रहेको उनले बताए । ‘यो दुर्लभ सर्पको सूचीमा छ । यो अत्याधिक विषालु हुन ेभएकाले निकै खतरा मानिन्छ,’ उनले भने, ‘हामीले सुरक्षित रुपमा उद्वार गरि मानववस्तीबाट निकै टाढा लगि जंगलमा छाडेका छौं ।’ संसारमा पाइने सर्पहरुमध्ये सबैभन्दा लामो विषालु सर्प किंग कोब्रा हो । यस सर्पको विषको थोपाको दुई औंसले मात्रै पनि एउटा हात्ती वा बीसजना मान्छेलाई मार्न सक्छ । यसको विषको यही कडापनले नै किंग कोब्रालाई संसारकै सबैभन्दा विषालु लामो सर्पको दर्जा दिलाएको हो । एक महिनाअघि पनि लेखनाथमा किंग कोब्रा भेटिएको थियो । जसको उद्दार पनि आर्सनले नै गरेका थिए ।

उनका अनुसार पोखरामा सर्पको उद्दार गरेपनि त्यसलाई सुरक्षित छाड्न निकै कठिनाइ रहेको छ । पोखराको विभिन्न जंगलहरुमा छाड्न जाँदा स्थानीयहरुले लखेट्ने र प्रहरी बोलाउने गरेको उनले बताए । ‘हामीले निस्वार्थ रुपमा सर्पको उद्दार गर्ने गर्छौं । पर्यावरणमा सर्पको ठूलो भूमिका हुन्छ तर मानिसहरुले सर्प मार्ने गर्छन त्यो गलत हो,’ उनले थपें,‘हामीलाई मुख्य चुनौती भनेको सर्प उद्दारपछि छाड्न हो । पोखरामा धेरै जंगल छन् तर सहजै छाड्न पाइँदैन ।’ पछिल्ला वर्षहरुमा दुर्लभ किंग कोब्राको संख्यामा वृद्धि भएको उनी सुनाउँछन् ।

विगतमा किंग कोब्रा विषालु भएकै कारण मार्ने हुँदा अहिले उद्वारकर्ता भएकाले उद्दारका लागि बोलाउने गर्दा यसको संख्यामा वृद्धि भएको हो । आर्सनले एक वर्षमा ३० बढी किंग कोब्राको उद्वार गरेका छन् । तीमध्ये कुनैपनि कोब्रा दोहोर उद्वारमा परेका छैनन् । ‘पोखरा सर्पका लागि पनि उचित वातावरण भएको ठाउँ हो । यहाँ कोब्राको संख्यामा समेत वृद्धि हुँदै गइरहेको छ । यो उद्दारकै कारण हो,’ उनले भने । उनले सर्प बचाउनका लागि विद्यालयमा चेतनामूलक कार्यक्रमको आयोजना गर्न आवश्यक रहेको छ । सबैमा चेतना भए सर्प बच्ने र सुरक्षित स्थानमा छाड्न सकिने उनको भनाइ छ ।

पोखरामा सर्प उद्दारकर्ता पाँच जना रहेका छन् । उनीहरुले पोखरा मात्रै नभई विभिन्न जिल्लामा समेत पुगेर सर्पको उद्वार गर्ने गरेका छन् । पोखरामा आर्सनसहित आकाश भण्डारी, प्रविण पाण्डे, सिदार्थ भण्डारी र केशवराज सापकोटा रहेका छन् । उनीहरुले सर्पको सुरक्षित उद्दार गरेपनि लुकिछिपी जंगलमा छाड्न बाध्य छन् । पोखरामा वन विभाग रहेपनि उनीहरुले सर्प उद्दारका लागि केहि गर्दैनन् । वन विभागले पनि उद्दार गरेका सर्प कहाँ छाड्ने कुनै ठाउँ नराखेको उद्दारकर्ताहरुको गुनासो छ । गर्मीको समयमा सर्प बढी देखिने उनीहरु बताउँछन् । जंगलको जनावरलाई जंगलमै छाड्नुपर्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->