पोखरा/ माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालयले शिक्षक– विद्यार्थी लक्षिते प्रशिक्षण शिविर सम्पन्न गरेको छ । शिक्षकलाई शिक्षण उत्कृष्टता प्रशिक्षण साथै कक्षाकोठा व्यवस्थापन,रणनीति, शिक्षण प्रविधिमैत्री र सजगता र कक्षा दशमा अध्ययनरत विद्यार्थीको सिकाइलाई प्रभावकारी रसरल बनाउँदै परीक्षाको तयारी एवं विषयवस्तुलाई कसरी स्मरण गर्न सकिन्छ भन्ने विषयमा एक–एक दिवसीय प्रशिक्षण शिविर आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरजप्रकाश प्रधानाङ्गले जानकारी दिए ।
प्रशिक्षकद्धय सुवास पौडेल र विद्यालयका संस्थापक तेज गुरुङले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले प्रशिक्षणको औचित्यमाथि स्पष्ट पारेका थिए प्रशिक्षण कार्यक्रममा विद्यालयका संस्थापकहरु चीजकाजी गुरुङ,अशोक शाही,चित्र गुरुङलेसमेत शिक्षण सिकाइसम्बन्धी धारणा व्यक्त गरेका थिए ।





