बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

युनिटी टोलमा बोल्ने कला तालिम

युनिटी टोलमा बोल्ने कला तालिम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८०, बुधबार

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १४ मझेरिपाटन स्थित युनिटी टोल विकास संस्थाले १० दिने उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ ।

१० दिन सम्म सञ्चालन भएको तालिममा १८ जना प्रशिक्षार्थीले बोल्ने कलाका विषयमा तालिम लिएका थिए ।

पोखरा महानगरपालिकाका वडा नम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले वडा नम्बर १४ भरिमै युनिटी टोलको छवि पृथक भएको बताए । उनले आफ्नो कार्यकालको १ बर्ष सकिएको रअब ४ बर्ष जुझारु ढंगले वडाको विकासमा समर्पित हुने बताए । युनिटी टोल विकास संस्थाका अध्यक्ष तेजिन्द्र बहादुर कंडेलले तालिममा सिकेका विषयलाई व्यवहारिक ज्ञानको विषय बनाए मात्रै तालिमको औचित्य हुने बताए ।

कार्यक्रममा युनिटी टोल विकास संस्थाबाट तालिममा सहभागीहरुले तालिममा सिकेका अनुभवका बारेमा बोलका थिए । तालिममा लक्ष्मी लामिछाने अधिकारी, रामबहादुर कार्की, शुशिला गुरुङ, कविता अधिकारी, सुवेदार मेजर चन्द्रबहादुर क्षेत्री, गीता अधिकारी, जेजुनाथ लम्साल, छलिमाया कँडेल, प्रविण गुरुङ, अनिता थापा, सुमित्रा लम्साल, शारदा केसी, गौतम क्षत्री, तारा गुरुङ, रिता गुरुङ, स्मृति गुरुङ, अनुषा कार्की सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->