सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अन्तर पालिका भलिबलमा अन्नपूर्ण च्याम्पियन

अन्तर पालिका भलिबलमा अन्नपूर्ण च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • असार १ २०८०, शुक्रबार

पोखरा/ पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो कास्की जिल्ला अन्तर पालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको फाइनलमा माछापुच्छ«े गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै अन्नपूर्ण ‘ए’ च्याम्पियन बनेको हो ।

उपाधिसँगै अन्नपूर्ण गाउँपालिकाको टिमले ६० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता माछापुच्छ«ेले ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । रूपा गाउँपालिका ‘बी’लाई ३–० को सोझो सेटमा हराउँदै आयोजक पोखरा महानगरपालिकाको (रातो जर्सी) टिम तृतीय भयो । महानगरको टिमले ४० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

पोखरा महानगरपालिका भलिबल संघको व्यवस्थापन र कास्की जिल्ला भलिबल संघको विशेष सहयोगमा भएको प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाका सचिन नेपाली सर्वोत्कृष्ट खेलाडी घोषित भए । अन्नपूर्णकै मन्दीप परियार उत्कृष्ट सेटर र आकाश धमाल उत्कृष्ट ब्लकर बनेको महानगर भलिबल संघका अध्यक्ष रामबहादुर लामिछानेले जानकारी दिए ।

माछापुच्छ«ेका समीर गुरूङ उत्कृष्ट डिफेन्डर र पोखरा महानगरपालिकाका विजय परियार उत्कृष्ट स्पाइकर बने । अन्नपूर्णका हरिचन्द्र सुनार उत्कृष्ट प्रशिक्षक घोषित भए । विधागततर्फ उत्कृष्ट हुनेले नगद ५/५ हजार रूपैयाँसहित प्रमाणपत्र पुरस्कार दिइएको महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । प्रतियोगितामा पोखरा महानगरपालिका, अन्नपूर्ण, मादी र रूपा गाउँपालिकाका २–२ र माछापुच्छ्रे गाउँपालिकाको एक टिम गरी ९ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->