पोखरा / आईसीसी विश्वकप छनोट खेल आजदेखी जिम्बाबेमा हुँदैछ ।
समुहमा ए मा रहेको नेपालले बलियो टाली जिम्बाबेसँग उसैको मैदानमा पहिलो खेल खेल्दैछ । नेपालले आज हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपाली समय अनुसार दिउँसो १२ः४५ बजे खेल्दैछ।
नेपालको यो पहिलो पटक टेस्ट टोलीसँग ओडिआई खेल हो । ओडिआई विश्व वरियतामा नेपाल १५ औं र जिम्बावे ११ औं स्थानमा छ । समुह ए मा नेपाल, जिम्बावेसँगै वेस्टइन्डिज, नेदरल्याण्ड र अमेरिका रहेको छ । यस्तै समूह बी मा श्रीलंका, स्कटल्याण्ड, आयरल्याण्ड, ओमान र युएई रहेका छन् ।
नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो रहेका छन् ।
नेपालले जिम्बावेसँग एक लिष्ट ए र दुई टि२० आई खेल खेलेका छ । नेपालले कुनैपनि खेलमा जिम्बावेलाई हराउन सकेको छैन ।
नेपालको खेल तालिका
असार ३ ( जुन १८) – जिम्बावेविरुद्ध नेपाल, हरारे स्पोर्ट्स क्लब
असार ५ (जुन २०) – नेपालविरुद्ध अमेरिका, ताकाशिंगा स्पोर्ट्स क्लब
असार ७ (जुन २२) – नेपालविरुद्ध वेस्टइन्डिजः हरारे स्पोर्ट्स क्लब
असार ९ (जुन २४) – नेपालविरुद्ध नेदरल्यान्ड्स, ताकाशिंगा स्पोर्ट्स क्लब
(सबै खेल नेपाली समय अनुसार दिउँसो १२ ः ४५ मा सुरुहुनेछन् ।
यदि नेपाल सुपर सिक्समा पुग्न नसकेको खण्डमा प्लेअफमा बाँकी दुई खेल खेल्न पाउनेछ । छैटौं देखी १० औं सम्मको लागि प्लेअफ हुनेछ ।





