पोखरा /आईसिसि विश्वकप टि२० क्रिकेट छनोट खेलमा नेपालले सुखद् सुरुवात गरेको छ ।
जिम्बाबेको घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो थालेको नेपालले २७ ओभरको समाप्तिमा विना विटेक गुमाउँदै १३७ रन बनाएको छ ।
ओपनर कुशल भुर्तेलले ८२ बलम ८७ रन जोड्दै अविजित छन् । उनले १३ चौका २ छक्का प्रहार गरे । यस्तै आसिफ शेख ४३ रनमा अविजित छन् । उनले ८० बलमा ३ चौका प्रहार गरे ।





