सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपालको दोस्रो विकेट गुम्यो

नेपालको दोस्रो विकेट गुम्यो


  • ढोरपाटन संवाददाता
  • असार ३ २०८०, आइतबार

पोखरा/आईसीसी विश्वकप टि२० छनोट खेलमा कुशल भुर्तेलले सतकीय इनिङबाट एक रनले चुकेसँगै अर्को विकेट पनि गएको छ । पहिलो विकेटको रुपमा कुशललाई गुमाएको नेपालले लगातार आशिफलाई समेत गुमाएको छ । आशिफ ६६ रनमा क्याच आउट हुन पुगे । उनले एक सय बलम ७ चौका प्रहार गरे उनी क्याच आउट हुन पुगे ।
नेपालका ओपनर भुर्तेलले ९९ रन बनाएका थिए । शतक बनाउने धुनमा रहेका उनी स्टम्पट आउट हनु पुगे । उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे ।
टस हारेर ब्याटिङ गरेको नेपालले विना विकेट गुमाउँदै कीर्तिमान साझेदारी समेत गरेको छ । नेपालले ३१.६ ओभमा १७१ रन बनाउँदा पहिलो विकेट गुमायो । नेपालले कीर्तिमानी सुरुवात गरेको थियो । नेपालले ३५ ओभरको समाप्तिमा २ विकेट गुमाउँदै १८४ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->