सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाल जिम्बाब्वेसँग ८ विकेटले पराजित

नेपाल जिम्बाब्वेसँग ८ विकेटले पराजित


  • विजय नेपाली
  • असार ३ २०८०, आइतबार

पोखरा/ आईसिसि विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ८ विकेटले पराजित भएको छ ।

बलिङमा चल्न नसक्दा नेपालले ८ विकेटको फराकिलो हार व्यहोर्न बाध्य भएको हो । २९१ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो ।

जिम्बाब्वेका लागि कप्तान इर्भानीले १२१ रनको शतकीय पारी खेल्दै अविजित रहे । उनले १२८ बलमा १५ चौका र १ छक्का प्रहार गरे । यस्तै सियन विल्लीम्सले १०२ रनको शतकीय पारी खेल्दै अविजित रहे । ओपनर गुम्बेइ २५ रनमा आउट भए । वासिल्ले ३२ रनमा आउट भए ।
नेपालका लागि सोमपाल कामी र गुल्सन झाले समान एक÷एक विकेट लिए ।

त्यसअघि हारारे स्पोट्र्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुल ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाउन सफल रह्यो ।

नेपालका लागि कुशल र आसिफ शेखले ३१।५ ओभरमा १ सय ७१ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात गराए । यो नेपालको ओडिआईमा उच्च साझेदारी हो । यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको गरेका थिए । उक्त साझेदारी तोडेका हुन् ।

भुर्तेल स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२ औं ओभरको पाँचौं बलमा बोल्ड आउट हुन पुगे । कुशल करिअरको दोस्रो शतक पूरा गर्न मात्रै एक रनले चुके । कुशल ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनमा आउट भए । आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रनमा आउट भए । मसाकाड्जाको बलमा ठूलो सट खेल्ने धुनमा रायन बर्लबाट क्याच आउट हुन पुगे ।

तीव्र गतिका बलर रिचर्डको चौथो ओभरको चौथो बलमा कुशल भुर्तेलले ब्यक्तिगत एक रनमा जीवनदान पाएका थिए । यस्तै ४२ औं ओभरको चौथो बलमा जिम्बावेका विकेटकिपरले गल्ती गरेपछि नेपालले पाँच रन पेनाल्टी पाएको थियो । जिम्बावेका विकेटकिपर क्लाइभ मडान्डेले बल समाउनेक्रममा गल्भ्स निकाल्न पुगेका थिए । गल्भ्स फुकाल्ने बेला बलले लागेपछि पाँच रन पेनाल्टी पाएको हो ।

कुशल मल्ल ४१ रनमा क्याच आउट हुन पुगे । उनले ४२ बलमा २ चौका र ३ छक्का प्रहार गरे । कप्तान रोहित पौडेल ३१ रनमा क्याचआउट हुन पुगे । उनले २९ बलमा ५ चौका प्रहार गरे । आरिफ शेख १० रनमा, गुल्सन झा १३ रनमा, दिपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । करण केसी २ रन र सोमपाल कामी शुन्यमै अविजित रहे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->