सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रदेशस्तरीय तेक्वान्दोमा १० स्वर्णका साथ स्याङ्जा च्याम्पियन

प्रदेशस्तरीय तेक्वान्दोमा १० स्वर्णका साथ स्याङ्जा च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८०, सोमबार

पोखरा/ १० स्वर्णका साथ स्याङजा जिल्ला गण्डकी प्रदेश स्तरीय तथा प्रथम कास्की जिल्लास्तरीय (आईटिएफ) तेक्वान्दो च्याम्पियन बनेको छ ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा भएको प्रतियोगितामा १० स्वर्ण,४ रजत र ४ कास्य सहित १८ पदकका साथ स्याङजा च्याम्पियन बनेको हो ।

बागलुङ ६ स्वर्ण,३ रजत र ४ कास्य सहित कुल १३ पदकका साथ दोस्रो बन्यो । नवलपुरले ५ स्वर्ण,८ रजत र ६ कास्यसहित कुल १९ पदकका साथ तेस्रो भयो त्यसैगरि प्रदेश उत्कृष्ट पुरुष खेलाडीमा स्याङजाका मनिष रेश्मीमगर घोषित भए।

उनले स्पाईरिङ र प्याट्रन दुबै प्रतिस्पर्धामा स्वर्ण हात पारेका थिए महिला तर्फ तनहुँका मोनिका कुवँर उत्कृष्ट खेलाडी घोषित भइन्। उनले एक स्वर्ण र एक कास्य प्राप्त गरेकी थिइन् ।

त्यस्तै प्रथम कास्की जिल्ला स्तरिय प्रतियोगिता तर्फ सैनिक आईटिएपm तेक्वान्दो डोजाङ च्याम्पियन बनेको छ । सैनिक आईटिएफले ११ स्वर्ण, ५ रजत र ४ कास्य हासिल गर्यो ।

अञ्जुली डोजाङ १० स्वर्ण, ७ रजत र ५ कास्यसहित दोस्रो भयो । जिल्ला प्रतियोगितामा सैनिक आईटिएफ तेक्वान्दो डोजाङका जेनिशा गुरुङ उत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुष उत्कृट खेलाडीमा बाराही आईटिएफ डोजाङका सन्देश खत्री घोषित भए ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दो संघको सहआयोजनामा उक्त प्रतियोगिता शनिबार र आईतबार संचालन भएको थियो ।

प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका ३ सय बढी खेलाडीको सहभागिता थियो । प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ काश्यपदकका लागि प्रतिस्पर्धा भएको नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकीका अध्यक्ष घम बहादुर थापाले बताए ।

गण्डकी उपाध्यक्ष तथा रेफ्रि अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगरका अनुसार प्रतियोगितामा एकल काता स्पाइरिङ, तथा एकल प्याट्रनमा प्रतिस्पर्धा भएको थियो भने स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौल सम्म तथा महिलातर्फ ४० देखि ७० केजी सम्म प्रतिस्पर्धा भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->