पोखरा / आईसिसि विश्वकप छनोट क्रिकेटमा नेपालले सान्दार बलिङ गरेको छ । नेपालका तिब्रगतिका बलर करण चम्कदा अमेरिका ४० ओभरको खेल सकिदासम्म अमेरिकाले ७ विकेट गुमाउँदै १४२ रनमा क्रिजमा रहेको छ ।
अमेरिकी ओपनर स्टेभेन टेलर ४ रनमै एलबी डब्लु आउट भए । उनले ९ बलमा १ चौका प्रहार गरे ।
सुशान्त मोदानी ४२ रनमा बोल्ड आउट भए । उनले ७१ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
साईतेजा मुक्कामल्ला शुन्यमै क्याच आउट भए । कप्तान आरोन जोनेश दुई रनमा आउट भए । नोसतुस केन्जिगे १ रनमा आउट भए । गजानन्द सिंह २६ रनमा आउट भए । उनले ४१ बलमा २ चौका र १ छक्का प्रहार गरे । निसार्गे पटेल ८ रनमा आउन भए । अहिले सायान जाहानगिर र जेस्सी सिंह क्रिजमा रहेका छन् ।
नेपालका लागि करन केसीले ७ ओभरमा ३ मेडन सहित ११ रन खर्चेर ४ विकेट लिए ।
ललित राजवंसी, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले एक एक विकेट लिए ।





