सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

अमेरिका ४९ ओभरमा अलआउट, नेपाललाई २०८ रनको टार्गेट

अमेरिका ४९ ओभरमा अलआउट, नेपाललाई २०८ रनको टार्गेट


  • विजय नेपाली
  • असार ५ २०८०, मंगलबार
HARARE, ZIMBABWE - JUNE 20: Shayan Jahangir of USA plays a shot during the ICC Men's Cricket World Cup Qualifier Zimbabwe 2023 match between Nepal and USA at Takashinga Cricket Club on June 20, 2023 in Harare, Zimbabwe. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

आईसिसि विश्वकप छनोट क्रिकेटमा अमेरिका ४९ ओभरमा अलआउट हुन पुगेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाको सुरुवात खराब भएपनि मध्यक्रमको ब्याट्सम्यान चम्कदा इनिङ उकासेको थियो । नेपालका गुल्सन झाले अन्तिम विकेटको रुपमा क्ले फिलिपलाई शुन्यमै एलवि डब्लु आउट गरेसँगै अलआउट भएको हो । अमेरिकाले २०७ रन जोड्न सफल रह्यो ।
अमेरिकाका लागि सायान जाहाङगिर शतकमा अविजित रहे । उनले ७९ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै अमेरिकाको इनिङ उकासे ।
अमेरिकी ओपनर स्टेभेन टेलर ४ रनमै एलबी डब्लु आउट भए । उनले ९ बलमा १ चौका प्रहार गरे ।
सुशान्त मोदानी ४२ रनमा बोल्ड आउट भए । उनले ७१ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
साईतेजा मुक्कामल्ला शुन्यमै क्याच आउट भए । कप्तान आरोन जोनेश दुई रनमा आउट भए । नोसतुस केन्जिगे १ रनमा आउट भए । गजानन्द सिंह २६ रनमा आउट भए । उनले ४१ बलमा २ चौका र १ छक्का प्रहार गरे । निसार्गे पटेल ८ रनमा आउन भए । जेस्से सिंह १२ रनमा आउट भए ।
नेपालका लागि करन केसीले ७ ओभरमा ३ मेडन सहित ११ रन खर्चेर ४ विकेट लिए । गुल्सन झाले ३ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए ।
अब नेपालले केहि बेरमा ब्याटिङ थाल्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->