
२०८ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरको खेल चलिरहँदासम्म दुई विकेट गुमाएको छ । नेपालले १७ ओभरको समाप्तीमा २ विकेट गुमाउँदै ८० रन बनाएको छ ।
ओपनर कुशल भुर्तेलले ३९ रनमा क्याच आउट भए । उनले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आसिफ शेख १२ रनमा एलबी डब्लु आउट भए । उनले १६ बलमा २ चौका प्रहार गरे ।
अहिले कप्तान रोहित पौडेल र भीम सार्की क्रिजमा रहेका छन् ।
नेपाललाई जितका लागि ३२ ओभरमा १२८ रनको खाँचो छ ।





