आईसिसि विश्वकप छनोट क्रिकेटमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको छ । २०८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४२.६ ओभरमा ४ विकेट गुमाउँदै जित हासिल गरेको हो ।
नेपालको लागि भीम साकीृले सर्वाधि ७७ रनको योगदान दिए । उनले ११४ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अविजित रहे । अयस्तै दिपेन्द्र सिंह ऐरी ३९ रनमा अविजित रहे । उनले ३२ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
ओपनर कुशल भुर्तेलले ३९ रनमा क्याच आउट भए । उनले ५४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आसिफ शेख १२ रनमा एलबी डब्लु आउट भए । उनले १६ बलमा २ चौका प्रहार गरे ।
कप्तान रोहित पौडेल १६ रनमा क्याच आउट भए । उनले २९ बलमा २ चौका प्रहार गरे । कुशल मल्ल १३ रनमा क्याच आउट भए । उनले १३ बलमा १ चौका १ छक्का प्रहार गरे ।





