सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

साफ च्याम्पियनसिप: नेपाल पराजित

साफ च्याम्पियनसिप: नेपाल पराजित


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८०, बुधबार

पोखरा / साफ च्याम्पियनसिप फुटबल २०२३ को पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा नेपाल कुवेतसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफमै २–० को अग्रता लिएको कुवेतले दोस्रो हाफमा थप एक गोल गर्दै जित हासिल गरेको हो कुवेतका लागि मोहमद अब्दुल्लाहले २ तथा खालेद हजियाले १ गोल गर्दै सहज जित दिलाए ।

खेलको २३ औं मिनेटमा कुवेतका कप्तान खालेद हजियाले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ४१ औं मिनेटमा कुवेतले अग्रता दोब्बर पार्यो । काउन्टर अट्याकमा अघि बढेको मुभलाई शाइबाइबा अल्खाल्दीले गोलमा परिणत गरेका थिए । मोहमद अब्दुल्लाहले दिएको पास पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिदैँ विमल पाण्डेलाई बिट गरेपछि अल्खाल्दीले सहजै गोल गरे ।

६५ औं मिनेटमा कुवेतले पेनाल्टिमार्फत अग्रता तेब्बर पा¥यो । हमाद अल कलाफको क्रस गर्नेक्रममा अनन्तको हातमा लाग्दा पेनाल्टीको अवसर प्राप्त गरेको थियो । मोहमद अब्दुल्लाहले सहजै गोल गरे ।

तर त्यसको दुई मिनेट पश्चात नेपालका अञ्जन विष्टले एक गोल फर्काए । अनन्तको लामो पास कुवेतको डिफेन्सले क्लियर गर्न नसक्दा अन्जनले बललाई अघि बढाउँदै गरेको प्रहार गोलमा परिणत भयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->