सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

खेलकुदको सम्भावना बोक्दै आयो पोखरामा पहिलो अन्तर्राष्ट्रिय विमान

खेलकुदको सम्भावना बोक्दै आयो पोखरामा पहिलो अन्तर्राष्ट्रिय विमान

राज्यले खेलकुदलाई प्राथमिकतामा राखे पर्यटक बढ्छ : खेलकर्मी


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८०, बिहिबार

पोखरा/ नेपालका लागि चिनियाँ राजदुत छन सोङले ड्रागन बोट रेसमा सहभागी हुन खेलाडी लिएर चार्टर विमान आएको बताए । उनले चिनियाँ परम्परागत संस्कृतिलाई नेपालमा देखाउन र दुई सभ्यताबीच आपसी सिकाइलाई प्रवद्र्धन गर्ने समेत बताए । पोखरामा चिनियाँ परम्परागत खेल ड्रागन बोट रेस हुन लागेको हो । सोही खेलका लागि सहभागि हुन चार टिम चीनबाट पोखरा आएका छन् ।

‘ड्रागन बोट रेसमा सहभागी हुन पोखरा आउने ड्रागन बोट टोलीका सदस्यहरूका साथै चीनको तिब्बत स्वायत्त क्षेत्रको लिन्झी सहरबाट आएको आर्ट ट्रुप पनि सहभागी हुनेछन् । न्यानो स्वागत छ, ड्रागन बोट दौडमा राम्रो नतिजा हासिल गर्न सकोस् भन्ने कामना गर्दछु’ उनले भने, ‘लिन्झी आर्ट ट्रुपले चिनियाँ परम्परागत संस्कृतिलाई नेपाली साथीहरूलाई देखाउन र दुई सभ्यताबीचको आपसी सिकाइलाई अझ प्रवर्द्धन गरोस् भन्ने कामना गर्दछु ।’ उनले चिनियाँ परम्परागत पर्व ड्रागन बोट फेस्टिभलले नेपाल चीनबीचको मित्रता प्रगाढ गनेृ समेत बताए । पोखरा पर्यटन परिषद् महासचिव तथा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले खेलाडी लिएर पोखरामा पहिलो अवतरण भएको विमानले पोखरा खेल पर्यटनको सहर भएको संज्ञा दिएको बताए ।

उनले पोखरामा अन्तर्राष्ट्रिय विमान आउने–नआउने अन्योल चल्दा खेलकुदले त्यो सम्भव देखाएको उनको भनाइ रहेको छ । पोखरामात्र नभई नेपाललाई नै अन्तर्राष्ट्रिय रुपमा खेलकुदले चिनाएको बताए । पोखरामा अन्तर्राष्ट्रिय स्तरका पूर्वाधारको निर्माण आवश्यक रहेको उनको भनाइ रहेको छ । अब पोखराले अवसर पाएको र यसको सदुपयोग राज्यले गर्नु सक्नुपर्ने बताए । पोखरामा साहसिकदेखि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताको आयोजन ागर्न सक्ने बताए । पोखरामा मंगलबारकै दिन दुई ठूला इभेन्ट भएको र यस्तै तरिकाले इभेन्ट भएमा अर्थतन्त्र उकास्न सक्ने सुनाए । ‘पोखराको पोजेटिभ साइट भनेको खेलकुद हो । पोखरामा धेरै खेलको सम्भावना रहेको छ,’ उनले भने, ‘ पोखरा खेलकुदको सहर भन्ने पुष्टाएको छ । राज्यले यसलाई बुझ्न जरुरी छ ।’ उनका अनुसार राज्यले खेलकुदमा लगानी गर्न आवश्यक रहेको बताए ।

नेपाल हवाई खेलकुद संघ पूर्वअध्यक्ष कृष्ण भण्डारीले चिनियाँ पर्यटक बढी साहसिक खेलमा रमाउने गरेको बताए । ‘यहाँ आउने पर्यटक मध्ये ८० प्रतिशतले साहसिक खेल मन पराउँछन् । आजपनि ड्रागन बोट रेसका कारण अन्तर्राष्ट्रिय विमानसहित यहाँ आउनुभएको छ,’ उनले भने, ‘पोखरामा टेनिस खेलका लागि पनि १५ भन्दा बढी राष्ट्रका खेलाडी आउँछन । पोखराको खेलकुद चलायमान बनाउन सक्यो भने यसले ठुलो सहयोग गर्छ ।’

‘ड्रागन बोट रेसमा आठ टिमको सहभागिता रहेको छ । चार टिम नेपालको चार टिम चीनको छ । एउटा बोटमा १५ जना खेलाडी छन् । जसलाई हेर्ने हो भने ५०÷६० जना आएका होलान् । उनले पोखरामा अन्तर्राष्ट्रिय र साहसिक खेलको आयोजना मात्रै गर्न सकेमा पनि अन्तर्राष्ट्रिय हवाई उडानका साथे पर्यटन प्रबद्र्धन हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->