आईसिसि विश्वकप क्रिकेटमा नेपालले दुई विकेट लिएको छ । करण केसिले पहिलो विकेट लिएका हुन भने गुल्सन झाले दोस्रो विकेट लिए । करणले दोस्रो ओभरको चौथो बलमा काइल मेयर्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए । मेयर्सले एक रनमात्रै लिए । गुल्सन झा ले चौथो ओभरको पहिलो बलमै विवेक लिए । जोनसोन चार्लिलाई शुन्यमै पेभिलियन फर्काए । वेस्ट इन्डिजको पाँच ओभरको समाप्तीमा ११ रनमा २ विकेट गुमि सकेको छ ।





