आईसिसि विश्वकप क्रिकेटमा सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् । उनले तेस्रो खेलमा पहिलो विकेट लिएका हुन् । उनले १५ औं ओभरको तेस्रो बलमा ओपनर ब्ररन्डोन किंगलाई ३२ रनमा बोल्ड आउट गरे । किंगले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
यस अघि करण केसिले पहिलो विकेट लिएका हुन भने गुल्सन झाले दोस्रो विकेट लिए । करणले दोस्रो ओभरको चौथो बलमा काइल मेयर्सलाई कुशल भुर्तेलबाट क्याच आउट गराए । मेयर्सले एक रनमात्रै लिए । गुल्सन झा ले चौथो ओभरको पहिलो बलमै विवेक लिए । जोनसोन चार्लिलाई शुन्यमै पेभिलियन फर्काए । वेस्ट इन्डिजको पाँच ओभरको समाप्तीमा ११ रनमा २ विकेट गुमि सकेको छ ।
१६ ओभरको समाप्तीमा वेस्ट इन्डिज ३ विकेट गुमाउँदै ५५ रन बनाएको छ ।





