सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपालको चार विकेट गुम्यो

नेपालको चार विकेट गुम्यो


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८०, बिहिबार

आईसिसि विश्वकप क्रिकेट छनोट खेलमा ३४० रनको लक्ष्य पछ्याएको नेपालले थप दुई विकेट गुमाउन पुगेको छ । नेपालले आषिफ शेख र कप्तान रोहित पौडेललाई पनि गुमाएको हो । नेपालले १९.४ ओभरसम्म ४ विकेट गुमाएको हो । २० ओभरको खेल सकिदासम्म नेपाल ४ विकेटको क्षतिमा ८१ रनमा सिमित छ ।
ओपनर कुशल भुर्तेल ६ रनमा बोल्ड आउट भए । उनले ६ बलमा १ चौका प्रहार गरे । भीम सार्की २ रनमा आउट भए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रनको योगफल तयार गर्न सफल रह्यो । खराब सुरुवात गरेको वेस्ट इन्डिजका लागि कप्तान साई होपेल सर्वाधिक १३२ रनको योगदान दिदैँ क्याच आउट हुन पुगे । उनले १२९ बलमा १० चौका र ३ छक्का प्रहार गरे । निकोलस पोरनले ११५ रनको योगदान दिए । उनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरे । ओपनर ब्रान्डोन किंग ३२ रनमा आउट भए । ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे । क्ले मार्यस १ रनमा, रोभ्मन पोवेल २९ केमो पल १ रनमा, जोनसोन चार्लिस शुन्यमा आउट भए ।
नेपालका लागि ललित राजवशींले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिएका हुन् ।
करण केसी, गुल्सन झा, सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान १÷१ विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->