नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । जितका लागि ३४० रनको विजयी लक्ष्य पछ्याएको नेपाललाई वेस्ट इन्डिजले ४९.४ ओभरमा सिमित राख्यो ।
नेपालले अन्तिम विकेटको रुपमा करण केसीलाई गुमायो । करण २८ रनमा क्याच आउट हुन पुगे । उनले २७ बलमा ४ चौका र १ छक्का प्रहार गरे । नेपालले २३८ रनमात्रै बनाउन सफल रह्यो ।
नेपालका लागि आरिफ शेखले ६३ रन बनाए । उनले ९३ बलमा ४ चौका र १ छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल ६ रनमै बोल्ड आउट भए । उनले ६ बल खेल्दा १ चौका प्रहार गरे ।
आसिफ शेख २८ रनमा आउट भए । उनले ३६ बलमा ३ चौका प्रहार गरे । भीम सार्की दुई रनमा आउट भए । कप्तान रोहित पौडेल ३० रनमा आउट भए । उनले ४३ बल खेल्दा ३ चौका प्रहार गरे । कुशल मल्ल दुई रनमा आउट भए । दिपेन्द्र सिंह ऐरी २३ रनमा आउट भए । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । गुल्सन झा ४२ रनमा आउट भए । उनले ५८ बलमा ५ चौका र १ छक्का प्रहार गरे । सन्दिप लामिछाने १ रनमा आउट भए ।
वेस्टइन्डिजका लागि जासोन होल्डेरले तीन विकेट लिए । किमो पल र एकेल होसेनले र अल्जार्री जोसेफले समान दुई दुई विकेट लिए । क्ले मार्यसले एक विकेट लिए ।
त्यसअघि हरारे स्पोट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाउँदै ३३९ रनको योगफल तयार गर्न सफल रह्यो ।
खराब सुरुवात गरेको वेस्ट इन्डिजका लागि कप्तान साई होपेल सर्वाधिक १३२ रनको योगदान दिदैँ क्याच आउट हुन पुगे । उनले १२९ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।
निकोलस पोरनले ११५ रनको योगदान दिए । उनले ९४ बलमा १० चौका र ४ छक्का प्रहार गरे । ओपनर ब्रान्डोन किंग ३२ रनमा आउट भए । ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे । क्ले मार्यस १ रनमा, रोभ्मन पोवेल २९ केमो पल १ रनमा, जोनसोन चार्लिस शुन्यमा आउट भए ।
नेपालका लागि ललित राजवशींले सर्वाधिक ३ विकेट लिए । उनले १० ओभरमा ५२ रन खर्चेर ३ विकेट लिएका हुन् । करण केसी, गुल्सन झा, सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान १÷१ विकेट लिए ।





