सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आज चिनिया ड्रागन रेस फेस्टिभल

आज चिनिया ड्रागन रेस फेस्टिभल


  • ढोरपाटन संवाददाता
  • असार ८ २०८०, शुक्रबार

पोखरा/ पोखरा फेवातालमा शुक्रबार नेपाल–चाइना ड्रागन बोट रेस फेष्टिवल हुने भएको छ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुनलागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूराभएको छ ।

असार ८ र ९ गते हुने प्रतियोगितामा चिनियाँ ४ टिम र नेपाली ४ टिम गरी ८ टिमको सहभागिता रहने छ । प्रतियोगितामा सिचुवान डाइगन बोट टिम, युवान ड्रागन बोट टिम, एस.जीड्रागन्स, सिंगापुर, चाइना–नेपाल फे्रण्डशिप ड्रागनबोट टिम पोखरा, नारा ड्रागन बोट टिम नेपाल, एन आरसीए बोट टिम नेपाल, फेवा लेक ड्रागनबोट टिम र पोखरा मेट्रोपोलिटिन ड्रागन बोट टिमले प्रतिस्पर्धा गर्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।

५ सय र दुई सय मिटरको दूरीमा डुंगा दौड हुनेछ । ५ सय मिटरतर्फ विजेताले नगद ५ लाख, उपविजेताले नगद ३ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद २ लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी २ सय मिटर दौडतर्फ विजेताले नगद ३ लाख, उपविजेताले नगद २ लाख तथा तृतीय स्थान हाँसिल गर्नेले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछन् । बंग्लादीघाटदेखि स्विमिङपुल घाटसम्म यो दौड प्रतियोगिता सञ्चालन हुनेछ ।

दुई दिने फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहनेछ । नेपाल–चाइना ड्रागनबोट रेस फेस्टिभलमा सहभागिताकालागि ६० जना खेलाडीसहितको झण्डै २ सय चीनियाँ टोली प्लेन चार्टर्ड गरेर पोखरा आइसकेका छन् । फेस्टिभलकालागि २ करोड ५० लाख खर्च लाग्ने अनुमान आयोजकको छ । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसियसन पोखराले सहयोगी संस्थाका रुपमा रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->