सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चिनियाँ ड्रागन बोट रेसमा नेपाल पनि फाइनलमा

चिनियाँ ड्रागन बोट रेसमा नेपाल पनि फाइनलमा


  • ढोरपाटन संवाददाता
  • असार ९ २०८०, शनिबार

पोखरा/ पोखरामा जारी ड्रागन बोट रेसमा नेपाल र चीन फाइनलमा प्रवेश गरेका छन् । कुल आठ टिमको सहभागिता रहेको प्रतियोगितामा चाइना नेपाल फ्रेण्डसिप ड्रागन बोट रेसमा ४ टोली फाइनल चरणमा प्रवेश गरेका हुन् ।

नेपालका ४ र विदेशका ४ गरी ८ टिमबीच दुई चरणको प्रतिस्पर्धाबाट नेपालका २ र चीनको २ टोली फाइनल चरणमा प्रवेश गरेका छन् । । सिचुवाङ ड्रागन समुह, युनान ड्रागन समुह र नेपालको नेपाल ¥याफ्टिङ एण्ड क्यानोइङ एशोसियसन (एनआरसीए) र नेपाल एसोसियसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) फाइनल चरणमा प्रवेश गरेको हो । शुक्रबार २ सय र ५ सय मिटरको दुई÷दुई चरणको प्रतिस्पर्धा भएको प्रतियोगिताका प्राविधिक प्रमुख मीनबहादुर मगरले जानकारी दिए ।

दुबै तर्फको विधामा एकै टोली छनोट भएको उनले बताए । सिचुवाङले २ सय मिटर दूरी १ मिनेट ४८ सेकेण्ड र ५ सय मिटरको दूरी ४ मिनेट ३८ सेकेण्डमा पूरा गर्दै फाइनल चरणमा यात्रा तय गरेको हो । नाराकोले २ सय मिटरको दूरी १ मिनेट ५३ सेकेण्ड र ५ सय मिटरको दूरी ४ मिनेट ४७ सेकेण्डमा पार गर्दै फाइनल चरणमा यात्रा सुनिश्चित गरेको हो ।

यूनानको टोलीले २ सय मिटरको दूरी १ मिनेट ५५ सेकेण्डमा र ५ सय मिटरको दूरीे ४ मिनेट ५३ सेकेण्डमा पार गर्दै फाइनल चरणा यात्रा पक्का गरेको हो । एनआरसीएले २ सय मिटरको दूरी १ मिनेट ५६ सेकेण्डमा र ५ सय मिटरको दुरी ५ मिनेट २ सेकेण्डमा पूरा गरी फाइनल चरणमा प्रवेश गरेको हो । चाइना नेपाल फ्रेण्डसिप, पोखरा महानगरपालिका, सिंगापुरको जिएस ड्रागन समूह र फेवा डुंगा व्यवसायी संगठनको टिम पहिलो दिनको प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।
प्रतियोगितामा विजेता हुने टिमलाई ५ लाख ५० हजार रुपैयाँ पुरस्कार गर्ने पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए । शनिबारसम्म पोखरामा संचालन फेष्टिभलमा नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपाल स्थित चिनियाँ राजदुत छन सोङको उपस्थिति रहेको थियो ।

उद्घाटनको अवसरमा नेपाल र चाइनाको कला संस्कृति झल्कने नृत्यसमेत प्रस्तुतः गरिएको थियो । नेपालमा पहिलो पटक भएको उक्त प्रतियोगिताको अवलोकन गर्न हजारौं पोखरेली पोखराको फेवाताल किनारामा पुगेका थिए ।
प्रतियोगितामा सिंगापुर, चीन र नेपालका ८ टिमको सहभागिता रहेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

नेपाल र्याफ्टीङ एण्ड क्यानोइङ एशोसियसन (एनआरसीए), चाइना नेपाल फ्रेण्डसिप, फेवा डुंगा व्यवसायी संगठन, र पोखरा महानगरपालिकाको टिम प्रतियोगितामा सहभागी भएको पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताउनु भयो । उक्त प्रतियोगितामा सहभागि टिममा १२ जना खेलाडीहरु हुन्छन भने एक जनाले चाइनिज ड्रम बजाउँदै त्यसको तालमा अन्य खेलाडीहरुले डुंगा खियाउदै आफ्नो निर्धारित दूरी पार गर्न प्रतिस्पर्धामा उत्रन्छन् ।

नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद र चाइना ओभरसीज एशोसिएसनको सहआयोजना एवं होटल एशोसिएशन नेपाल (हान), नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज (नारा), नेपाल राफ्टिङ एण्ड क्यानोइङ एशोसियशन तथा अन्य संस्थाहरुसँगको सहकार्यमा उक्त वोट रेससहित फेस्टिभवल भएको हो ।

(तस्वीर : प्रेम थापा)

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->