आईसिसि विश्वकप छनोट अन्तरगत नेपाल अन्तिम खेलमा १६७ रनमा अलआउट हुन पुगेको छ । ४४.३ ओभरमा नेपाल अलआउट हुन पुगेको हो । नेपालका कुनैपनि ब्याट्सम्यानले ४० रन कटाउन सकेनन् । ओपनर कुशल भुर्तेल २७ रनमा क्याच आउट भए । उनले ४२ बलमा २ चौका प्रहार गरे ।
आसिफ शेख शुन्यमै बोल्डआउट भए । भीम सार्की २२ रनमा क्याचआउट भए । उनले ५६ बलमा १ चौका प्रहार गरे । आरिफ शेख ६ रनमा क्याचआउट भए । कप्तान रोहित पौडेल ३३ रनमा क्याचआउट भए । उनले ५५ बलमा ३ चौका र १ छक्का प्हार गरे । कुशल मल्ल १२ रनमा, दिपेन्द्र सिंह ऐरी १४ रनमा, गुल्सन झा १५ रनमा, सन्दिप लामिछाने २७ रनमा र करण केसी १ रनमा आउट भए ।
नेदरल्यान्ड्सका लागि लोगान भानबेकले सर्वाधिक ४ विकेट लिए । उनले ९.३ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिएका हुन् । बास डे लेडे र विक्रमजीत सिंहले समान दुई/दुई तथा क्लेटोन फ्लोयड र आर्यन दत्तले एक एक विकेट लिए ।





