आईसिसि विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेदरल्यान्ड्ससंग नेपाल ७ विकेटले परिजित भएको छ । १६८ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा ग¥यो ।
नेदरल्यान्ड्सको जितमा म्याक्स ओडोड नायक बने उनले सर्वाधिक ९० रनको योगदान दिए । उनले ७५ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । विक्रमाजित सिंह ३० रनमा आउट भए । उनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । वास्ले बार्रेसी तीन रनमा आउट भए । बास डे लेडे ४१ रनमा अविजित रहे । उनले ३९ बलमा ६ चौका प्रहार गरे । तेजा निदामनरु दुई रनमा अविजित रहे ।
नेपालका लागि शन्दिप लामिछानेले दुई तथा गुल्सन झाले एक विकेट लिए । त्यसअघि टकसिंघा स्पोट्र्स क्लब हाईफिल्ड हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४३.३ ओभरमा १६७ रनमा अलआउट हुन पुग्यो ।
ओपनर कुशल भुर्तेल २७ रनमा क्याच आउट भए । उनले ४२ बलमा २ चौका प्रहार गरे । आसिफ शेख शुन्यमै बोल्डआउट भए । भीम सार्की २२ रनमा क्याचआउट भए । उनले ५६ बलमा १ चौका प्रहार गरे ।
आरिफ शेख ६ रनमा क्याचआउट भए । कप्तान रोहित पौडेल ३३ रनमा क्याचआउट भए । उनले ५५ बलमा ३ चौका र १ छक्का प्हार गरे । कुशल मल्ल १२ रनमा, दिपेन्द्र सिंह ऐरी १४ रनमा, गुल्सन झा १५ रनमा, सन्दिप लामिछाने २७ रनमा र करण केसी १ रनमा आउट भए ।
नेदरल्यान्ड्सका लागि लोगान भानबेकले सर्वाधिक ४ विकेट लिए । उनले ९.३ ओभरमा १ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिएका हुन् । बास डे लेडे र विक्रमजीत सिंहले समान दुई÷दुई तथा क्लेटोन फ्लोयड र आर्यन दत्तले एक एक विकेट लिए ।





