मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

‘छुट्टै जनजातिमा सूचीकृत हुँदा गौरवान्वित’

‘छुट्टै जनजातिमा सूचीकृत हुँदा गौरवान्वित’


  • ढोरपाटन संवाददाता
  • असार १० २०८०, आइतबार

पोखरा/ पुन समाजको १७ औं राष्ट्रिय सम्मेलन पोखरामा सम्पन्न भएको छ । पोखरा १० रामघाटस्थित पुन समाजको सभाहलमा एक भव्य समारोहका बीचमा उक्त राष्ट्रिय सम्मेलन सुरु भएको हो । राष्ट्रिय सम्मेलनमा वक्ताहरुले पुनहरुको अधिकार कटौती गर्ने आफुहरुलाई स्वीकार्य नभएको बताए । उनीहरुले पुन समाजलाई समेत जातीय सूचीमा राखेकोमा खुसी व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गबुर्जा पुनले प्रधानमन्त्रीले संविधानविरुद्ध बोल्ने अधिकार नभएको र आफुले संसदमा उक्त कुरा जोडदार तरिकाले उठाउने बताए । आफू सत्तापक्षकै सांसद भएपनि आफ्नो समाजको विषयमा र अधिकार खोज्ने विषयमा पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।

‘म पनि सत्तापक्षकै सांसद हुँ तर जसले जे गरेपनि त्यो हेरेर बस्न सकिँदैन । प्रधानमन्त्रीज्यूसँग संविधानविरुद्ध बोल्ने अधिकार छैन । जनताको आवाज बोल्ने ठाउँ प्रतिनिधि सभामा हो । त्यहाँ मैले जोडतोडले आवाज उठाउनेछु । त्यसमा तपाईँहरु ढुक्क हुनुस,’ उनले भने । यस्तै राष्ट्रि तथ्यांक विभागले पुनका लागि निकै राम्रो कदम चालेको र त्यो कदम प्रसंशनीय रहेको उनको भनाइ छ । संविधानमै टेकेर तथ्यांक निकाल्दै पुन समाजलाई समेत आदिवासी जनजाति बनाउनु खुसीको कुरा रहेको सुनाए ।

राष्ट्रिय आदिवासी जनजाति महासंघ केन्द्रीय अध्यक्ष चन्द्रसिंह गुरुङले समास्या र सवाल बोकेका जाति एक भएर अघि बढिरहेको बताए । उनले हिमाल पहाड र तराइका धेरै समाज विशेषगरी आफ्नो पहिचान नभएका कारण उनले सुनाए । आफुहरुले राज्यमा अधिकार नपाएको र राज्यसत्तामा पहुँच नपुगेको उनको भनाइ थियो । राज्यसत्तामा पहुँच पु¥याउनका लागि एक भएर अघि बढिरहेको र तथ्यांकमा केही कुरा छुटपुट भएतापनि वर्षौ लगाएर तथ्यांक निकालेको कुरा सकरात्मक लिएको बताए । प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा मगर भएकै कारण मन्त्री बनाएको भन्ने कुराको विरोध गर्दै अब पुनहरु औंलामा गन्ने स्थिति नरहेको बताए । पुनहरुको अधिकारको संरक्षण गर्ने अधिकार पुनकै रहेको र अन्य कसैको नरहेको बताए । पुनको अधिकार गुम्नुको पछाडी पुनहरु पार्टीको निर्देशनमा हिँड्नु रहेको उनले बताए । उनले अब अधिकारका लागि पार्टीभन्दा माथि उठेर बुद्धि विवेकले एक हुन अनुरोध गरे ।

पुन समाज नेपालका केन्द्रीय अध्यक्ष भीमबहादुर फलामी पुनले जातीय पहिचानको लडाइँमा १७ औं राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने अवस्थासम्म आउँदा धेरै मिहेनत, कष्ट र आर्थिक सहायता प्राप्त भएको बताए । आज राष्ट्रिय तथ्यांकमा पुन समुदाय सूचीकृत भएकेमा खुसीयाली मनाउँदै गर्दा अझै लडाइँ बाँकी रहेको उनले सुनाए । उनका अनुसार पुन समुदाय सूचीकृत भइनसकेको र सूचीकृत उन्मुख रहेको बताए । पुन समुदाय सूचीकृत हुन लाग्दा घातप्रतिघातका कुराहरु पनि भइराखेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->