शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखराको खेलकुदमा एक करोड २५ लाख रुपैयाँ विनियोजन

पोखराको खेलकुदमा एक करोड २५ लाख रुपैयाँ विनियोजन


  • ढोरपाटन संवाददाता
  • असार १० २०८०, आइतबार

पोखरा/ पोखरा महानगरपालिकाले खेलकुदमा एक करोड विनियोजन गरेको छ । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८०÷०८१ का लागि खेलकुदमा एक करोड रुपैयाँ विनियोजन गरेको बताइन् ।

उनले खेलकुद प्रबद्र्धन र विकासका लागि उक्त रकम विनियोजन गरेको बताएकी हुन् । वजेट वक्तव्यमा गुरुङले भनिन्,‘खेलकुदको प्रवद्र्धन र विकासका लगिा विद्यालय तहदेखी राष्ट्रिय स्तरका प्रतियोगितामा महानगरले सहकार्य र आयोजना गरिरहेको छ ।

खेलकुद पूर्वाधार र प्रवद्र्धन कार्यका लागि आगामी वर्ष रु. एक करोड २५ लाख विनियोजन गरिएको छ ।’ यस्तै महानगरले उत्कृष्ट खेलाडी छनौट गरी सम्मान, स्रोत शिक्षा, खेलकुद तथा युवा र प्रज्ञा प्रतिस्ठान कार्यक्रमका लागि १८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->