आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

जलवायु परिवर्तन शिखर सम्मेलन पोखरामा सुरु

जलवायु परिवर्तन शिखर सम्मेलन पोखरामा सुरु


  • ढोरपाटन संवाददाता
  • असार १३ २०८०, बुधबार

पोखरा /पोखरामा जलवायु परिवर्तन सम्बन्धित शिखर सम्मेलन सुरु भएको छ । नेपाल स्थित अमेरिकी दुतावासको सहयोगमा जलवायु सम्बन्धि शिखर सम्मेलन सुरु भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफुहरुले मात्र गरेर जलवायु परिवर्तन न्युनिकरण गर्न नसकिने बताए । गण्डकीले प्रदेशले जलवायु परिवर्तनका लागि सानो प्रयास गर्दै केहि बजेटको विनियोजन समेत गरेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

जलवायु परिवर्तनकै कारण प्राकृतिक प्रकोपको प्रभावसमेत व्यापक रहेको उनले सुनाए । यस्तै नेपाल स्थित अमेरिकी दुतावासका सार्वजानिक मामिला प्रमुख ग्यारेट ई विल्करसनले जलवायु परिवर्तनका प्रभावहरु विरुद्ध लड्न नेतृत्व तथा नीति निर्माताहरुबाटै पहल हुन आवश्यक रहेको बताए ।

अमेरिकाले कार्बन उत्सर्जन कम गर्न २७० बिलियन डलर भन्दा बढी लगानी गरेको उनको भनाई छ । उनले जलवायु परिवर्तनबाट उत्पन्न संकटको न्युनिकरणका लागि अनुकुलन र लचिलोपना प्रदर्शन गरिरहेको समेत सुनाए ।

पोखरामा मेयर धनराज आचार्यले पोखरा महानगरपालिकाले २० वर्षमा कार्बन रहित सहर बनाउने दीर्घकालिन योजना अघि सारेको सुनाए । उनले पोखरा चिसो न तातो ठाउँ रहेपनि पछिल्लो समय तापक्रम बढिरहेको सुनाए । पोखराको मौसम निकै अनुकुल रहेपनि जलवायु परिवर्तनको प्रभावले तापक्रम बढिरहेको उनको भनाई रहेको छ ।

महानगरपालिकालाई स्वच्छ राख्नका लागि आईओएफ पोखरासँगको समन्वयमा दुई लाख विरुवाहरु रोप्ने समेत बताए । पोखराको चिनारीको रुपमा रहेको अन्नपूर्ण हिमाल जोगाउनका लागि हिमाल सरसफाई अभियानलाई अघि सारेको आचार्यले सुनाए । उनका अनुसार पोखरामा हुने प्रदुषणको ठुलो मात्रामा सवारी साधनको कालो धुँवा रहेको छ ।

नेपाल अमेरिका अलम्नाई नेटवर्क र रणनीतिक, सामाजिक र आर्थिक अनुसन्धान संस्थान (आईएसएसआर) को आयोजनामा नेपालका विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आइरहेको युवालाई लक्षित गर्दै दुई दिनको सम्मेलनको आयोजना गरिएको हो । कार्यक्रममा ६० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->