बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

राष्ट्रिय माविका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

राष्ट्रिय माविका विद्यार्थीलाई न्यायिक प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • असार १६ २०८०, शनिबार

पोखरा/ पोखरा महानगर न्यायिक समितिले अहिले महानगर भित्रका विद्यालयहरु र ज्येष्ठ नागरिकसंग न्यायिक कार्यक्रम अभियानकै रुपमा सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका वडा नम्वर १ मा रहेको राष्ट्रिय माविमा ‘विद्यार्थीसँग न्यायिक समिति, प्रशिक्षण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा महानगर उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले कानूनले व्यवहारलाई नियमबद्ध पार्न सघाउने हुनाले कानून सबैले जान्नुपर्ने विषय रहेको बताइन । ‘ उनले विद्यार्र्थीहरुका माध्यमबाट न्यायिक समितिलाई जनस्तरसम्म पु¥याउन सहज हुने धारणा राखिन ।

पोखरा महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष साहारा प्रधानले न्यायिक समितिले विद्यालयस्तरदेखि नै कानूनी चेतना फैलाउने अभियान थालेको भन्दै खुसी व्यक्त गरे । प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणा र प्रेस क्लब गण्डकीका सचिव गौरब त्रिपाठी र कोषाध्यक्ष राजु गिरीले बोलेका थिए ।

कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रकिया, समितिका अभिलेख संरक्षक राममणि अधिकारी र मेलमिलाप संयोजक सोम लम्सालले संवैधानिक व्यवस्था र अधिकार क्षेत्रबारे प्रशिक्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->