बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

इन्टरनेटको शुल्क घटाउन माग

इन्टरनेटको शुल्क घटाउन माग


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८०, शनिबार

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले इन्टरनेट र फोन महशुल घट्नुपर्ने बताएका छन् । शुक्रबार पोखरा माआयोजित गण्डकी प्रदेशमा दुरसञ्चार सेवाको वर्तमान अवस्था, गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवाला सँगको अन्तरक्रियामा उनले सस्तो र स्तरीय सेवा प्रवाह हुनुपर्ने बताएका हुन् ।

‘सेवा प्रदायक संस्था नाफा मुखी भए भन्ने आरोप पनिछ,’ मुख्यमन्त्री पाण्डेले भने ‘नाफा थोरै गरेर सेवामा सहुलियत दिऔँ ।’ संचार सेवा ब्यक्तिको स्वतन्त्रतासँग पनि जोडिएको बताउँदै उनले अहिले स्वतन्त्रताको नाममा प्रविधि दुरुपयोगको घटना पनि बढेको बताए । नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम प्रसाद खनालले अन्तरक्रियापछि सेवा बिस्तार र गुणस्तर कायम गर्नमा मद्दत पुग्ने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->