सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

दर्शकमाथि आर्मीको खेलाडीको मुक्का, कारवाहीको माग

दर्शकमाथि आर्मीको खेलाडीको मुक्का, कारवाहीको माग


  • ढोरपाटन संवाददाता
  • असार २५ २०८०, सोमबार

पोखरा /खेलका दौरान आर्मीका खेलाडीले दर्शकलाई प्यारापिटमै पुगरे मुक्का बजारेपछि गण्डकीले कारवाहिको माग गरेको छ ।
काठमाडौंमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप प्रतियोगिता दौरान गण्डकी प्रदेश र त्रिभुवन आर्मी बिचको खेलका दौरान आर्मीका जर्सी नं. ८ का खेलाडी धनबहादुर घट्टले दर्शक कुटेका थिए । आर्मीका सबै खेलाडी दर्शक कुट्नका लागि उत्रिएका थिए ।

उक्त खेल रेफ्री चित्रजंग गुरुङ, अनिल राना र सोभा डुमारुले खेलाएका थिए । तेस्रो सेट चलेको बेलामा २३ ÷ २४ को स्थितिमा गण्डकीले पाउने अंक आर्मीले पाएको भन्दै गण्डकीले असन्तुष्टि जनाएपछि खेलमा विवाद सिर्जना भएको हो ।

प्रतियोगिता आयोजक कमिटि सदस्य डिवि नेपालीले निकै प्रतिस्पर्धात्मक बनेको खेलको म्याच पोइन्टमा आर्मीले अंक पाउँदा विवाद भएको जानकारी दिए ।

‘तेस्रो सेटको अन्त्य तिर थियो । गण्डकी २४÷२३ को स्थितिमा थियो । आर्मीका ब्लकरको हातमा बल लाग्दै गएको र गण्डकीलाई अंक नदिएको भन्दै रेफ्रीको निर्णयप्रति गण्डकीले असन्तुष्ट जनाएको थियो’ उनले भने,‘त्यसपछि दर्शकले पनि असन्तुष्ट जनाए ।

आर्मीको खेलाडीले दर्शकलाई हातपात गरे ।’ उनका अनुसार गण्डकीले कारवाहिको माग गरिरहेको छ । दर्शकमै पुगेर हिर्काउने खेलाडीलाई कारवाहि हुनुपर्ने उनको भनाई छ । सम्बन्धित संघले यस विषयमा निवेदन दिएमा कारवाहि हुने उनले बताए ।

निकै तनावपूर्ण खेल आर्मीले ३–० को सोझो सेटमा आफ्नो पक्षमा पा¥यो । खेलमा आर्मी २५–१९, २६–२४ र ३३–३१ ले विजयी भएको थियो ।
आर्मीको टिम संयमित अपनाउन नसक्दा समर्थकमाथि आक्रोशित बनेका थिए । समर्थक पिट्न पुरै टिमनै जान खोजेको थियो । त्यसपछि खेल लामो समयसम्म तनावपूर्ण रहेको थियो । गण्डकीको यो तेस्रो हार हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->