सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित

नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित


  • ढोरपाटन संवाददाता
  • असार २९ २०८०, शुक्रबार

नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटको हार व्यहोरेको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ए ले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानका ओपनर हसिबउल्लाह खान १२, सैम अयुब २४ र ओमैर बिन युसुफ ३६ रनमा आउट भए । त्यस्तै मोहम्मद तयाब ताहिर ५१ रनमा आउट भए । मोहम्मद हरिस ९ रनमा क्याच आउट भए । कमरन २६ बलमा ३१ रनमा आउट भए ।

नेपालका स्पिनर ललितनारायण राजवंशीले ८.५ ओभरमा ५० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । त्यस्तै पवन सरार्फले ५ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्यो ।

त्यसअघि श्रीलंकाको कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १ सय ७९ रनमा अल आउट हुन पुगेको थियो ।

पाकिस्तानी बलरका सामु निरिह बनेको नेपालका लागि सोमपाल कामीको प्रदर्शन प्रसंशनीय योग्य रह्यो । सोमपालले १ सय १ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । एक समय १५.४ ओभरमा ७२–८ को दयनीय अवस्थामा पुगेको नेपाललाई प्रतिश जि.सी र सोमपाल कामीले ५८ रनको साझेदारी गर्दै इनिङ उकास्ने काम गरेका थिए ।

प्रतिश २४ बलमा १ चौका र २ छक्कासहित २६ रनमा क्याच आउट भए । सोमपालले अन्तिम विकेटका लागि ललित नारायण राजवंशीसँग ४९ रनको साझेदारी गरेका थिए । ललित १० बलमा एक रनमा नट आउट रहे ।

कुशल मल्ल १७ रनमा बोल्ड भए । उनले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । अर्जुन साउद १७ रनमा आउट भए । उनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

ओपनर कुशल भुर्तेल एक रनमा बोल्ड भए । आसिफ शेख १२ रनमा क्याच आउट भए । कप्तान रोहित पौडेल ४ रनमा, भीम सार्की शून्यमा, पवन सरार्फ एक रनमा आउट भए ।

पाकिस्तानका शाहनबाज दाहानीले १० ओभरमा ३ मेडनसहित ३८ रन खर्चेर ५ विकेट लिए । मोहम्मद वासिम जुनियरले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ४ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->