शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

अटेरी ठेकेदार, दुर्घटना बढेपछि दुई वडाको ज्ञापनपत्र

अटेरी ठेकेदार, दुर्घटना बढेपछि दुई वडाको ज्ञापनपत्र

ठेकेदारले काम नगरे कारवाही गर्नुस् : प्रजिअ घिमिरे


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८०, सोमबार

पोखरा/ गत जेठ १८ गते कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहितको टोलीले पोखरा महानगरपालिका १ जौबारी स्थित भूपी शेरचन राजमार्गअन्तर्गतको सेक्टर ३ मा पर्ने राजमार्गको अनुगमन ग¥यो । मध्यपहाडी लोकमार्ग परियोजना अन्तर्गत पर्ने सडक निर्माणको काममा ढिलासुस्ति हुँदा यात्रुहरुले सास्ती खेप्न बाध्य भएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गरि यथाशिघ्र काम सम्पन्न गर्न निर्देशन ग¥यो ।

अनुगमनपछि निर्माण कम्पनीले काम हुन्छ भन्ने वचन दियो । वचन दिएको एक महिनापश्चात पनि पुनः जिल्ला प्रशासन कार्यालय कास्कीमा ढिलासुस्ती भएको र दुर्घटना बढेको भन्दै गुनासो आउने क्रम रोकिएन । ठेकेदारको लापरवाहीका कारण सो सडकखण्डमा दैनिक दुर्घटना बढ्न थालेपछि वडा २५ र १ का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिसहितले आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएका छन् । मध्यपहाडी लोक मार्गअन्तरर्गत पर्ने सडकखण्ड ठेक्कामा लिएको ठेकेदार अटेरी गर्दा दुर्घटना जोखिमसँगै यात्रु तथा स्थानीयले निकै सास्ती खेप्नु परेको उनीहरुले दोहो¥याए ।

निर्माणधीन सडक खण्डमा न्युनतम सुरक्षाका मापदण्डहरु नअपनाउँदा, बाटोमा भएका ठूला खाल्डामा पानी जम्दा र हिलोका कारण दुर्घटना बढेको ज्ञापनपत्रमा उल्लेख छ । मध्यपहाडी लोकमार्ग र निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दासमेत व्यवास्ता गरेपछि बाध्य भएर ज्ञापनपत्र बुझाउन आएको पोखरा महानगर पालिकाका प्रवक्ता समेत रहेका वडा २५ का वडा अध्यक्ष मोति तिम्सिनाले जानकारी दिए । ‘हाम्रै आँखा अघि कयौं दुर्घटना भइरहेका छन् । कति दिदीबहिनी दुर्घटनामा परिरहेका छन्,’ उनले भने, ‘अधिकांश दुर्घटना दुईपांग्रे सवारी हुने गरेका छन् । निर्माण कम्पनीको चरम लापरवाही भएको छ । हामीले मध्यपहाडी लोकमार्ग आयोजनाको समेत ध्यानाकर्षण गराएका छौं ।’ उक्त सडक क्षेत्र वडा नं. १ मा परे पनि त्यसको प्रत्यक्ष असर भने वडा २५ लाई परेको उनले सुनाए ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीले ठेकेदारलाई कारवाही गर्नुपर्ने धारणा राखे । ‘ठेकेदारले काम नगरे कारवाही गर्ने अधिकार आयोजनासँग छ । काम गरिरहेको छैन भने तपाईँहरु किन कारवाही गर्न सक्नुहुन्न ? ग्राभेल हाल्ने काम त्यति ठूलो पनि त होइन । किन अड्किनुप¥यो ?’ घिमिरले भने, ‘यो महत्वपूर्ण सडक हो । धौलागिरी तर्फबाट पोखरा आउने एकमात्र राजमार्ग हो । उपचारकै लागि आउनु प¥यो भनेपछि यहि बाटो आउनुपर्छ । या त काम गराउनुस या कारवाही गर्नुहोस् ।’ हरिचोक–याम्दी सडक खण्डको २ हजार २००.४ मिटर) सडक निर्माणाधीन छ । अघिल्लो वर्ष ४८ करोड रुपैयाँमा यसको ठेक्का सम्झौता भएको थियो । इन्जिनियर ठाकुर भण्डारीका अनुसार २ वर्षमा निर्माण सक्ने गरी सम्झौता भए पनि काम ढिला भएको स्वीकारे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->