पोखरा/ लायन्स क्लब अफ पोखरा सिमल चौतारीले कास्कीकोटको विद्यालयमा पाठ्य तथा खेल सामग्री वितरण गरेको छ ।
पोखरा महानगरपालिका २४ पाटेस्वारास्थित बाल प्रबोधिनी आधारभूत विद्यालयमा पाठ्य तथा खेलकुद सामाग्री वितरण गरेको हो । विद्यालयलाई डिस्ट्रीक चिफ एडभाइजर प्रजापती वास्तोलाले खेल सामग्री तथा स्टेसनरी सामग्री प्रदान गरेको हो ।
पंकज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष विक्रम खिचाजु, विद्यालयका प्रधानाध्यापक राब बहादुर केसी, रिजन चिप पर्सन नरेश बराल लगायतले आफ्नो भनाई राखेका थिए ।
संस्थापक सदस्य भगवान विजुक्छे र केशव शर्माको संयोजकत्वमा भएको कार्यक्रम संचालन जया बरालले गरेका थिए ।





