शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

उत्कृष्ट विद्यार्थीलाई पोखरा १३ को सम्मान

उत्कृष्ट विद्यार्थीलाई पोखरा १३ को सम्मान


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८०, बुधबार

पोखरा/ पोखरा १३ नं. ले कुँडहरले एसइई नतिजामा सामुदायिक विद्यालयका सर्वोकृष्ट विद्यार्थीहरूलाई सोमबार सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

वडाध्यक्ष किरण बरालले उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई् सम्मान र पुरस्कृत गरिरहँदा आज असफल भएकाहरू भोलि जरुर सफल हुन्छन् भनेर सफलताका लागि हौसला प्रदान पनि गरे । वडाभित्रका सामुदायिक विद्यालयतर्फ भद्रकालीका माध्यमिक विद्यालयका छात्र शीतल अधिकारीले ३.८ जीपीए, रतनपाण्डे माविका छात्र राजकुमार तामाङले ३.३५ जीपीए, आर्वा विजय माध्यमिक विद्यालयका छात्र विनायक बरालले २.६ जीपीए ल्याएका थिए । विद्यार्थीलाई प्रोत्साहित गर्न सम्मान र पुरस्कृत गरिएको वडाध्यक्ष किरण बरालले बताए । कार्यक्रमका प्रमुख अतिथि शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई सम्मानपत्र र पुरस्कार दिएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->