शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

फिर्के संरक्षण अभियान सुरु

फिर्के संरक्षण अभियान सुरु


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८०, बिहिबार

असार ३१ गते पोखराको ८ र ५ नम्बर वडा जोड्ने पुल भत्कायो । करिब ४० वर्ष पुरानो पुल नजिकै एक सामुदायिक भवन पनि छ । भवनले फिर्केको मापदण्ड मिचेको छ । भवनका कारण फिर्के खोलामाथि बनेको पुल भत्कियो ।पुल भत्किएलगत्तै पोखरा महागनरले फिर्के संरक्षण अभियान सुरु गरेको छ । मेयर धनराज आचार्यले बुधबार खोलाको प्राकृतिक सिमाना एकीन गर्ने अभियान सुरु गरेका हुन् । सर्वे टोलीको प्रतिवेदनपछि अतिक्रमित संरचना हटाउने तथा खोलाको संरक्षण थालिने मेयर आचार्यले बताए ।

दीगो पर्यटन परियोजनाअन्तर्गत नै फिर्के क्षेत्रमा कोरिडर बनाउने उनको भनाइ छ । ‘विदेशी दातृ निकायले राइट अफ वे क्लियर नभएसम्म लगानी गर्नुहुन्न । त्यसैले पहिलो चरणमा हामीले यो क्षेत्रको अवैध संरचना क्लियर गर्नुछ,’ उनले भने,‘ पहिलो चरणमा हामी खोला घर छु्ट्याउँछौं । कति छन् त्यो पत्ता लगाएर जान्छौं । फिर्केको मापदण्ड पनि निर्धारण गर्नुपर्नेछ ।

मापदण्ड क्लियर गर्ने काम अधेरी कुनासम्म हुन्छ । त्यहाँ सरकारी, अदालत, प्रहरी वा व्यक्ति जो सुकैको परे पनि हामी रोकिने छैनौं ।’ दोस्रो चरणमा अतिक्रमण गरि निर्माण गरिएका संरचना भत्काउने योजना महानगरको रहेको छ । पोखरा १८ को अँधेरीकुनाबाट सुरु हुने फिर्के खोला करिब ८ किलोमिटर तल गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ । सहरको मध्यभाग हुँदै बग्ने फिर्के पछिल्लो समय अतिक्रमणमा परेको छ । खोलाका दायाँबायाँ १० मिटरभित्र भौतिक संरचना बनाउन नपाइने भए पालना भएको छैन ।

फिर्केखोला क्षेत्रको १९२ रोपनी जग्गा अतिक्रमणमा परेको पोखरा महानगरको एक औंल्याएको छ । महानगरपालिकाले फिर्केखोलाको अतिक्रमण रोक्नका आर्थिक वर्ष २०८०÷०८१ का लागि साढे एक करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->