शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

विद्यालयलाई पाठ्य तथा खेल सामग्री वितरण

विद्यालयलाई पाठ्य तथा खेल सामग्री वितरण


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८०, बिहिबार

पोखरा/ लायन्स क्लब अफ पोखरा सिमल चौतारीले कास्कीकोटको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पाठ्य तथा खेल सामग्री वितरण गरेको छ । क्लबले पोखरा महानगरपालिका २४ पाटेस्वाँरास्थित बाल प्रवोधिनी आधारभूत विद्यालयमा पाठ्य तथा खेलकुद सामाग्री वितरण गरेको हो । क्लबका अध्यक्ष पंकज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिक्ट चिफ एडभाइजर प्रजापति वास्तोला प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रथम उपाध्यक्ष विक्रम खिचाजु, विद्यालयका प्रधानाध्यापक रामबहादुर केसी, रिजन चियर पर्सन नरेश बराललगायतले आफ्नो भनाइ राखेका थिए । संस्थापक सदस्य भगवान विजुक्छे र केशव शर्माको संयोजकत्वमा भएको कार्यक्रम संचालन जया बरालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->