पोखरा/ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले प्राकृतिक स्रोतलाई समृद्धिको आधार बनाउनु पर्ने बताएका छन् ।
अमेरिकी सहयोग नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सञ्चालित जल जंगल कार्यक्रमका बहु सरोकार योजना तर्जुमा कार्यशालाको उद्घाटन गर्दै उनले आयआर्जन र रोजगारीका लागि वन पैदावारको भरपुर उपयोग गरिने बताए । वन क्षेत्रको काठ कुहिएर खेर जाने र विदेशबाट खरबौ रुपैयाँको काठ आयात हुने अवस्थाको अन्त्य गरिनु अपरिहार्य छ,’ मन्त्री थापाले भने,‘वनको संरक्षण र उपयोग गर्ने खालको प्रदेश वन ऐन छिट्टै आउने तयारी भइरहेको छ ।’जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै अनुकुलनतर्पm लाग्ने खालका योजना अघि बढाउँदै समाजका विपन्न एवम् सीमाकृत वर्गको उत्थानका लागि सामाजिक संघसंस्थाको ध्यान जानुपर्नेमा उनको जोड थियो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ताल, हिमाल, जग्गल र जमिन प्राणवायु भएको बताउँदै संरक्षणका लागि सवैको साथ र सहयोग हुनुपनेृ बताए ।उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जनताको जनजीविकालाई सहज बनाउँदै वातावरण, तालतलैयाको संरक्षण गरिने बताए ।युएसएआइडी जल जंगल कार्यक्रमका प्रमुख क्यारि फार्लेले सन्ततिको भविष्य निर्माणका लागि वातावरणको संरक्षण अपरिहार्य रहेको बताए ।





