पोखरा/ हरिशचन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार सोनी शर्मा सम्मानित भएकी छन् । उनलाई शुक्रबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नगद ११ हजार १११ रुपैयाँसहित सम्मानपत्रले सम्मानित गरेका हुन् । तनहुँकी सोनी नेपाल पत्रकार महासंघ गण्डकीकी उपाध्यक्ष हुन् ।
शिक्षासेवी स्वर्गीय हरिशचन्द्र वाग्लेको स्मृतिमा उनको परिवारबाट १ लाख ११ हजार १११ रुपैयाँको अक्षयकोषसहित स्थापित पुरस्कारको संचालक क्रियाशिल पत्रकार महिला – डब्लुडब्लुजे) गण्डकी प्रदेश समिति रहेको छ । यो पुरस्कारबाट यसअघि कास्कीकी दुर्गा अधिकारी र म्याग्दीकी रेखा कौशल सम्मानित भइसकेका अध्यक्ष सरिता तिम्सिना पंगेनीले जानकारी दिइन् ।
पुरस्कार अर्पण समारोहमा बोल्दै गण्डकीका मुख्यमन्त्री पाण्डेले संचार क्षेत्रमा महिला पत्रकारहरुलाई समान अवसर र पहुँच स्थापित गराउनुपर्नेमा जोड दिए । गण्डकी प्रदेश सरकारले ल्याउन लागेको मिडिया विधेयकले निश्पक्ष, स्वतन्त्र र भयरहित पत्रकारिताको विकासका साथै संचार माध्यमको सवलीकरणमा सहयोग पु्¥याउने जिकिर पनि गरे । केही युट्युव च्यानल र पत्रकारहरुका गतिविधिबारे भने उनले असन्तोष व्यक्त गरे । केही सीमिति पत्रकारले गरेको काम तपार्इंहरुलाई चित्त बुझेको छ ? त्यही पत्रकारको कारणले तपाईंहरुको बद्नाम भएको छ कि छैन ?’ उनले प्रश्न गरे ।





