पोखरा / व्यास नगर साइनिङ स्टारको तयारी सुरु भएको छ ।
जेसीआई व्यास नगरले तनुहँ जिल्लाका बालबालिकाहरुको प्रतिभा प्रष्फुटन गराउने लक्ष्यका साथ आयोजना गर्दै आएको प्रतियोगिताको नवौं संस्करणका लागि अर्को सातादेखी अडिसन सुरु हुन लागेको हो ।
व्यास–४ स्थित दमौली कलेजको प्रांगणमा आगामी शुक्रबार र शनिबार सडिसन हुने भएको हो । दमौलीमा शनिबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको जानकारी गराइयो ।
प्रतियोगिताको मुख्य कार्यक्रम भने भदौ १५ गते हुने जेसीआई व्यास नगरका अध्यक्ष राजु रानाले जानकारी दिए । नगर क्षेत्रका ९–१४ बर्षका बालबालिकाले अडिसन दिन पाउने व्यवस्था रहेकोमा यो बर्षदेखि १५ बर्ष उमेर समुहका बालबालिका अडिसनमा सहभागी गराइने उनले बताए ।
व्यास नगर साइनिङ स्टार २०२२ को उपाधि जित्नेलाई नगद रु २५ हजार २३, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । फस्ट रनर अफले १५ हजार, २३ र सेकेण्ड रनर अफ हुनेलाई १० हजार, २३ सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा बेस्ट पर्सनालिटी, बेस्ट वाल्क, बेस्ट फोटोजेनिक, बेस्ट ट्यालेन्ट, बेस्ट स्माइल, बेस्ट डे«स, बेस्ट अनुशासन, बेस्ट प्रोजेक्ट वर्क, बेस्ट भ्युवर च्वाईस र बेस्ट कन्ट्रिव्युसन गरी १० वटा विधागत अवार्डहरु पनि रहने आयोजकले जानकारी दिएको छ ।
१० विधामा उत्कृष्ट हुनेलाई जनही रु २ हजार र आकर्षक पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम मूल संयोजक नागिलाले बताए ।





