सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

एक वर्षमा गण्डकी प्रदेशभर ४७६ दुर्घटना, १६६ को मृत्यु

एक वर्षमा गण्डकी प्रदेशभर ४७६ दुर्घटना, १६६ को मृत्यु

मुख्य कारण चालक लापरवाही ।


  • विजय नेपाली
  • साउन ७ २०८०, आइतबार

पोखरा/ आर्थिक वर्ष २०७८/२०७९ मा गण्डकी प्रदेशमा सवारी दुर्घटनामा परी १६६ जनाको मृत्यु, ३९० जना गम्भीर घाइते भए । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीको तथ्यांक अनुसार यो एक वर्षमा कुल ४६७ सवारी दुर्घटना हुँदा १६६ मत्यु, ३९० गम्भीर घाइते भएका हुन् ।

मृत्यु हुनेमा सबैभन्दा बढी पुरुष रहेका छन् । एक वर्षमा ११६ पुरुष, ३६ महिला, ११ बालक र ३ बालिका छन् । जुन ६ वर्ष यताकै कम हो । ट्राफिक प्रहरीको विभिन्न सचेतनामूलक कार्यक्रमका कारण दुर्घटनामा कमी आएको हो । विगत ६ वर्षको तथ्यांक अनुसार २०७४ सालमा ५६२ दुर्घटना हुँदा २८४ जनाले ज्यान गुमाए । २०७५ मा ६५३ दुर्घटना हुँदा २५८ को मृत्यु, २०७६ मा ५९६ दुर्घटना हुँदा २२३ को मृत्यु, २०७७ मा ५४३ दुर्घटनामा २२१ मृत्यु र २०७८ मा ५३५ दुर्घटना हुँदा २५५ को मृत्यु भएको छ । यी ६ वर्षको तथ्यांकले सवारी दुर्घटनाका मुख्य कारण चालक लापरवाही देखिएको छ । आर्थिक वर्ष २०७९ मा मात्रै चालक लापरवाहीका कारण २८८ दुर्घटना भएका छन् । सवारी साधनका कारण ३२, यात्रुका कारण २५ र सडकका कारण २६ दुर्घटना भएको तथ्यांकमा उल्लेख छ ।

ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रवक्ता इन्द्र सुवेदीका अनुसार सवारी दुर्घटना न्यूनीकरणमा मुख्य भूमिका सवारी चालकको हुने गर्छ । ट्राफिकले वर्षभर नै सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना मुलक कार्यक्रम चलाउँदै आइरहँदा सवारी चालकले त्यसलाई कार्यान्वयन नगरे कुनै उपलब्धी हुँदैन । सवारी दुर्घटना शुन्यमा झार्न नसके पनि चालक सचेत भएमा व्यापक न्यूनीकरण गर्न सकिने सुवेदी बताउँछन् । आ.व. ०७९ मा ट्राफिकले विभिन्न सूचना मुलक सचेतना कार्यक्रम गर्दा दुर्घटना र मानिस मृत्यु दरमा कमि आएको उनी सुनाउँछन् । ‘यो वर्ष सवारी दुर्घटनामा कमी आएको छ,’ उनले भने,‘तथ्यांक हेर्ने हो भने दुर्घटनाको कारण चालक लापरवाही बढी छ ।’ सवारी चालकले ओभरटेक गर्न खोज्दा बढी दुर्घटना भएको उनले सुनाए । दुर्घटना न्यूनीकरणका लागि आइतबारबाट ग्रामीण सडक लक्षित सप्ताहव्यापी कार्यक्रम गर्ने उनले जानकारी दिए ।

बढी दुर्घटना कास्कीमा

एक वर्षमा कास्कीमा सबैभन्दा बढी सवारी दुर्घटना भएका छन् । कास्कीमा १५६ दुर्घटना हुँदा ४५ जनाको मृत्यु १२२ गम्भीर घाइते । नवलपुरमा ९२ दुर्घटना हुँदा २९ को मृत्यु १०५ गम्भीर घाइते भएका छन् । तनहुँमा ७० दुर्घटनामा २८ को मृत्यु र ४८ गम्भिर घाइते भएको तथ्याङ्क छ भने स्याङजामा २१ दुर्घटनामा १२ को मृत्यु १० गम्भीर घाइते भएका छन् । बागलुङमा ३२ दुर्घटना हुँदा १३ को मृत्यु १८ गम्भीर घाइते, लमजुङमा १६ दुर्घटनामा ४ मृत्यु २० गम्भीर घाइते, गोरखामा २६ दुर्घटनामा १९ मृत्यु २१ गम्भीर घाइते, पर्वत ३१ दुर्घटनामा ७ मृत्यु २९ गम्भीर घाइते, म्याग्दीमा १३ दुर्घटनामा ४ मृत्यु १२ गम्भीर घाइते, मुस्ताङमा ८ दुर्घटनामा ४ मृत्यु ४ गम्भीर घाइते र मनाङमा २ दुर्घटना १ मृत्यु १ गम्भीर घाइते भएका छन् ।

१७ करोड ५६ लाख राजस्व संकलन

गण्डकी प्रदेशमा आर्थिक वर्ष ०७९/८० मा १७ करोड ५६ लाख ९७ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ । २०७४ मा ९ करोड ८७ लाख ७० हजार पाँच सय, २०७५ मा ११ करोड ११ लाख २१ हजार पाँच सय, २०७६ मा ९ करोड दुई लाख १४ हजार, २०७७ मा ७ करोड १९ लाख ६४ हजार दुई सय, २०७८ मा १३ करोड ९० लाख ३० हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको थियो । ६ वर्षको तथ्यांकमा सबैभन्दा बढी दुईपांग्रे सवारी (मोटरसाइकल, स्कुटर) बाट राजस्व संकलन भएको छ । र त्यसपछि कार÷जीप रहेका छन । आ.व. २०७९ मा दुई पांग्रे सवारीबाट मात्रै ६ करोड ६० लाख ९ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । कार जिपबाट ५ करोड ३० लाख ६० हजार, ट्रक टिपरबाट ३ करोड ११ लाख ५६ हजार ५ सय र बसबाट १ करोड ७२ लाख ६१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->