सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

व्यक्तिगत इगोले खेलाडी मारमा, प्रदेश छनोटमा कास्की अनुपस्थिती

व्यक्तिगत इगोले खेलाडी मारमा, प्रदेश छनोटमा कास्की अनुपस्थिती


  • विजय नेपाली
  • साउन ७ २०८०, आइतबार

अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौमा हुने यु–१६ साफ च्याम्पियनसिपका लािग देशभर जिल्ला तथा प्रदेश छनोट प्रक्रिया अघि बढाएको छ ।

सोही छनोट अन्तरगत गण्डकी प्रदेशमा समेत जिल्ला छनोट सम्पन्न भई आजबाट प्रदेश छनोट सुरु भएको छ । गण्डकी प्रदेशमा भएको प्रदेश छनोट खेलमा भने गण्डकी फुटबल संघ र कास्की जिल्ला फुटबल संघका व्यक्तिबिचको इगोले खेलाडी मारमा परेका छन् ।

गण्डकी फुटबल संघले एन्फामा आबद्ध जिल्लाका  खेलाडी सहभागिताका लागि पत्राचार गरेपनि कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितले भने आफुहरु संग समन्वय नगरि छनोट खेल खेलाएको भन्दै छनोटमा खेलाडी नै सहभागिता गराएनन् ।

उनले आफुहरुलाई खेलाडी सहभागिताका लागि पत्र आएपनि समन्वयका लागि कुनै पत्र नआएको भन्दै व्यक्तिगत इगो साधेका छन् ।

गण्डकी प्रदेश फुटबल संघमा कास्की फुटबल संघमा तिनै रन्जित संग हारेका विनोद गुरुङ महानसचिव छन् । आफैसँग हारेको व्यक्तिले भनेको मान्नुपर्ने कारण इगो देखाएको एक पदाधिकारीले बताए ।

उता उज्वलले भने निर्वाचनदेखीको इगो देखाउँदै आफुहरुसँग समन्वय नगरेको बताए । गण्डकीका महासचिव विनोद गुरुङले आफुहरुले ११ जिल्लालाई नै पत्राचार गरेर बोलाएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->