पोखरा/ मदरल्याण्ड माध्यमिक विद्यालयले नेपाली भाषाको श्रवृद्धिमा योगदान दिएका गंगाधर तिमिल्सिनालाई सम्मान गरेको छ । लामो समयसम्म शिक्षण पेशामा रही नेपाली भाषा शिक्षणमार्फत् विद्यार्थीहरुमा नेपाली विषयका भाषिक ज्ञानलाई प्रभावकारी बनाउन महत्वपूर्णयोगदान दिएको भन्दै विद्यालयले उनलाई नगद १० हजार १११ रुपैयाँसहित सम्मान गरेको हो ।
वरिष्ठ साहित्यकार सरुभक्त, साहित्यकार सरस्वती श्रेष्ठ, मदरल्याण्ड माध्यामिक विद्यालयका निर्देशक डा त्रिभुवन शर्मा, प्राचार्य नारायण बराललगायतले तिमिल्सिनालाई माला, दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
शिक्षण पेशाबाट निवृत्त भएपछि पनि तिमिल्सिनाले लेखन कार्यमार्फत् नेपाली भाषाको गरीमा प्रवद्र्धनकालागि पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानित गरिएको विद्यालयका निर्देशक डा.त्रिभुवन शर्माले जानकारी दिए ।
१९९९ सालको पुसमा पोखरा२३ चैनपुरमा जन्मेका तिमिल्सिना चार दशकशिक्षण पेशामा संलग्न रहेका थिए ।





