शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

नयाँ पार्टीसँग समृद्धिको योजना छैन : नेता ज्ञवाली

नयाँ पार्टीसँग समृद्धिको योजना छैन : नेता ज्ञवाली

जहाँ ढुंगा लाग्यो, त्यहीं मैले ताकेको भन्ने ?


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०८०, बिहिबार

पोखरा/ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ आएका पार्टीमा पनि देशलाई समृद्धितर्फ लैजाने कुनै योजना नभएको दाबी गरेका छन् ।

‘अहिले उदाएका दलहरुको सामथ्र्य भनेको ढुंगा जहाँ लाग्यो, त्यहीं मैले ताकेको थिएँ भन्ने हो । यीबाट पनि सम्भव छैन,’उनले भने । एमाले उपमहासचिव ज्ञवाली बुधबार कास्कीको लुम्लेमा एमाले कार्यकर्तालाई प्रशिक्षण दिँदै थिए ।

उनले कांग्रेसलाई नमूनावादी,राप्रपालाई बासी विचार बोकेको तथा माओवादीलाई अवसरवादीको संज्ञा पनि दिए । उनले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डलाई सत्ताको जोकर’को उपमा पनि दिन भ्याए । सत्ताको निम्ति जोकर जस्तो कसले एउटासँग, कहिले अर्काेसँग मिलेर सरकार बनाउने राजनीतिलाई घीनलाग्दो खेल बनाउने प्रचण्डको अवसरवादले अबको चुनौती पूरा गर्न सक्दैन,’ उनले भने,‘ विचारविहीन गठबन्धनमा न माओवादी, माओवादीजस्तो देखिन्छ न नेपाली कांग्रेस, कांग्रेस जस्तै देखिन्छ, यो सरकारबाट समृद्धि सम्भव छैन ।’

‘कांग्रेसले बोकेको नमुनावादी विचारले समृद्ध नेपाल निर्माण गर्दैन । राप्रपाको राजा फर्काउने बासी विचारले समाजको नेतृत्व गर्दैन,’ उनले भने,‘ समृद्धिको अभियानको नेतृत्वको गर्ने जिम्मेवारी हाम्रो काँधमा छ । कसैले यो काम पूरा गर्न सक्दैन ।’ देश निर्माण गर्न र आन्तरिक मामिलामा बाह्य हस्तक्षेप रोक्न एमालेले मात्रै सक्ने उपमहासचिव ज्ञवालीको जिकिर थियो । ‘हाम्रो आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप हुन थालेको छ । यी सबै कुरा रोक्नका लागि एउटा बलियो शक्तिको खाँचोे छ,’उनले भने,‘ त्यो बलियो शक्ति भनेको नेकपा एमालेमात्रै हो । एमालेको नेतृत्वमा मात्रै देश निर्माण हुन सक्छ ।’

उनले‘पार्टीको भौतिक उपस्थितिलाई डिभाइस र विचारलाई सफ्टवेयर रुपमा अथ्र्याउँदै समय अनुसार अपडेट हुन सकिएन भने आउटडेटेड भइन्छ भन्ने कुरा बुझ्न कार्यकर्तालाई सुझाए । एमाले स्कूल विभागको आयोजनामा भएको प्रशिक्षण तीन दिनसम्म चल्नेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->