बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँको मादी नदीमा तैरिएको अवस्थामा पुरुषको शव फेला

तनहुँको मादी नदीमा तैरिएको अवस्थामा पुरुषको शव फेला


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०८०, शनिबार

तनहुँ / जिल्लाको व्यास नगरपालिका–१० स्थित मादी नदीमा शनिवार एक पुरुषको शव फेला परेको छ ।

बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

अहिले शवलाई दमौली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->