सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कार्यक्रममा अवरोध आउन दिन्न : मुख्यमन्त्री पाण्डे

कार्यक्रममा अवरोध आउन दिन्न : मुख्यमन्त्री पाण्डे


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०८०, आइतबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालका प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्ने बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा शनिबार भएको अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । मुलुकलाई संघीयतामा लगेपनि केन्द्रीकृत मानसिकता अझै तोड्न नसकिएको उनको भनाई थियो । ‘हामीले परिवर्तन त ग¥यौ तर केन्द्रीकृत मानसिकता अझै तोड्न सकेका छैनाँै, सोही कारण प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्छ,’ उनले भने । केन्द्र, प्रदेश र स्थानीय तहका प्रज्ञा प्रतिष्ठानले गर्ने कार्य दोहोरिन नहुनेमा उनको जोड थियो ।

गण्डकी प्रदेश सरकार आफ्नै आम्दानीको भरमा सरकार चलाउन सक्ने अवस्थामा नरहेको र संघबाट आउने अनुदान समेत घटेर आउँदा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेट घटाउनु परेको सुनाए । यतिहुँदाहुँदै पनि बजेटकै कारण प्रतिष्ठानका कार्यक्रममा अवरोध आउन भने नदिने उनले वाचा गरें । ‘तपार्इंहरुको योजनामा अवरोध आउने खालको अवस्था सिर्जना आउने दिने छैन, गण्डकी प्रदेशको भाषा, संस्कृति, कला र संगीतको संरक्षणको लागि सरकारले सकेको सहयोग गर्छ,’ प्रतिष्ठानको प्रमुख संरक्षक रहेका उनले भने ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले गण्डकी प्रतिष्ठानको फोरमलाई उपयोग गरेर देशभर सन्देश छर्न पाएको भन्दै खुसी व्यक्त गरें । नयाँ नेपालको मुल्य मान्यता अनुसार प्रज्ञा प्रतिष्ठानलाई अगाडि बढाउनुपर्ने उनको भनाई थियो । जसका लागि आफुहरुले ‘सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नाराका साथ काम गर्न थालेको खुलाए । देशको सबै भन्दा ठूलो शक्ति प्राज्ञिक सत्ता भएको दावी गर्दै राज्य सत्ताले प्राज्ञिक सत्तालाई हेर्ने दृष्टिकोण राम्रो नभएको गुनासो गरे । प्रज्ञा प्रतिष्ठानका कुलपतिको मर्यादाक्रममा भइरहने परिवर्तनप्रति समेत उनको असन्तुष्टि थियो ।
केन्द्रका प्रज्ञा प्रतिष्ठानले नयाँ नीति निर्माणको काम गर्ने र प्रदेश र स्थानीय तहका प्रतिष्ठानले सशक्तिकरणको काम गर्नुपर्नेमा कुलपति राईको जोड थियो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अवसरको सदुपयोग गर्दै चुनौतीको सामना गर्दै प्रज्ञा प्रतिष्ठानहरु अगाडि बढ्नुपर्ने बताए । सबैलाई समेट्नको लागि जनस्तरमा पुग्नुपर्नेमा उनको जोड थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठले पुराना कुरालाई बिर्सेर सबै प्रज्ञा प्रतिष्ठान मिलेर के गर्न सक्छौँ र के गर्नुपर्छ भन्ने कुराको चिन्तन प्राज्ञिक भेलाले गर्नुपर्ने बताए । साहित्य, संगीत, कला र संस्कृतिको क्षेत्रमा राज्यको लगानी बढाउनु पर्नेमा उनको जोड थियो । प्रज्ञा प्रतिष्ठानले आफूलाई आवश्यक पर्ने पूर्वाधारयुक्त संरचना नपाएको कारण केन्द्रदेखि प्रदेश सरकारलाई ती कुरामा ध्यानाकर्षण गराउनुपर्ने बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले नेपालका सबै प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवलाई एउटै कार्यक्रममा उपस्थित गराई प्रतिष्ठानले गर्ने काम कर्तव्यहरुबारे छलफल गर्ने वातावरण मिलाएकोमा गण्डकी प्रज्ञा प्रतिष्ठान प्रति आभार व्यक्त गरें । संस्कृति परम्परा र संस्कारलाई चिन्न सकिएन भने देश अग्रगतिमा जान नसक्ने उनको भनाई थियो ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठले पोखरामा आयोजित अन्तरक्रियाले नेपालमा गठन भएका प्रज्ञा प्रतिष्ठानबीचको सहकार्यको सम्भावना बढेको बताए । ‘सहकार्यको बाटो प्रशस्त गर्न सक्यौ भने सिमित साधन श्रोतबाट असीमित कामहरु सम्पन्न गर्न सक्ने सम्भावना हुन्छ,’ उनले भने ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपकुलपति गोरे गुरुङले स्वागत र सदस्य सचिव मनकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
नेपालका प्रज्ञा प्रतिष्ठानबिचको अन्तक्र्रिया कार्यक्रममा गण्डकीसहित नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेश प्रज्ञा प्रतिष्ठान र सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहभागीता रहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->